सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडा उपमहानगरको सडक निर्माणका योजना सकियो

sakiyo-1531659920.jpg

हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा संचालन गरेका सडक निर्माणका सबै योजनाहरुको निर्माणको काम सकिएका छन् ।

उपमहानगरले चालु आर्थिक बर्षमा २ सय ७७ वटा सडक निर्माणका योजना संचालन गरेकोमा सबै सडक निर्माण गर्ने काम फिल्डमा सकिएको छ । बहुबर्षिय सडक निर्माणका योजना, ठेक्का लागाएका केही योजना भन्दा बाहेक सबै योजनाहरु निर्माणको काम सकिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । उपमहानगरपालिकाका २ सय ७७ वटा सडक निर्माणको काम मध्यमा अब फिल्डमा केही थोरै काम बााकी रहेका एकाध योजना भन्दा बाहेक सबै सकिएका हुन् ।

 चालु आर्थिक बर्षमा सक्ने २ सय ७७ वटा सडक मध्यमा सबैजसो काम सकिएर रकम समेत भुक्तानी समेत लगिएको मेयर महतले बताउनुभयो । बिकाश निर्माका कामहरु बर्षायाम सुरु भएपछी गर्ने प्रचलनको अन्त्य गर्दै बैशाख जेठ सम्मनै सक्ने योजना अनुसार काम दु्रत गतिमा अगाढी बढाइएकोले पनि समयमानै काम सक्नका लागि सफल भइएको मेयर महतले बताउनुभयो ।

पहिले असार लागेपछी बिकाश निर्माणका कामका योजना संझौता गर्ने र हतार हताारमा काम सक्ने परिपार्टीको अन्त्य गर्नका लागि पनि चालु आर्थिक बर्षको कार्तिक, मंसिरबाटनै बिकाश निर्माणको काम सुरु गरेकाले अहिलेनै सजिलै बर्षायाम अगाढीनै धेरै काम सकिएको उहाँको भनाई छ । उपमहानगरपालिकाले साना ठुला, स्लाब ढलान, कालोपत्रे पिच, सडकमा ग्राभेल गर्ने काम लगायतका क्षेत्रमा मात्र चालु आर्थिक बर्षमा काम सम्पन्न भएका सबै योजनाको रकम समेत उपभोक्ता समितिलाई भुक्तानी समेत भएको छ ।

कामको सम्पन्नता लिने बित्तीकै रकम पनि निर्माण कम्पनि मार्फत भएका कम्पनि र उपभोक्ता समितिलाई भुक्तानी गरिएको उपमहानगरपालिकाले जनाएको छ । स्थानिय सडक, साना पुल निर्माणबाट नगरभरीका सात हजार जना लाभान्वीत भएको मेयर महतले बताउनुभयो । उपमहानगरपालिकाले २ सय ७७ वटा सडकका लागि १८ करोड ३ लाख ८९ हजार रुपैया खर्च गरेको छ । कुल लागत ईसटमेट रकम २४ करोड ९ लाख ६७ हजार रुपैयाँ रहेपनि १८ करोड रुपैयाँ उपमहानगरपालिकाले खर्च गरेर अरु रकम उपभोक्ताको लागत सहभागितामा काम गरिएको हो ।

सबै सडक निर्माणका लागि स्थानिय उपभोक्ताहरुले जनश्रमदान बापत २ करोड ४४ लाख ५२ हजार ६ सय २२ रुपैयाँ स्थानिय उपभोक्ताहरुले खर्च गरेका छन् । यता उपभोक्ताहरुले लागत सहभागिताबाट ४ करोड १६ लाख ९६ हजार रुपैयाँ खर्च गरेका छन् । 

उपमहानगरपालिकाले सडक निर्माणको काम संगै अन्य योजनाका काम पनि सकिसकेको छ । नगरको कृर्षि, पर्यटन, स्वास्थ्य, शिक्षा, खानेपानी, संस्कृर्ति प्रबर्दन, लैङिगिक समानता तथा सामाजिक समाबेसीकरण, सिंचाई, भवन तथा शहरी बिकाश, वन तथा भुसंरक्षण, वातावरण संरक्षण जलवायु परिबर्तन, फोहोरमैला ब्याबस्थापन, वडा कार्यालयको भवन निर्माण तथा स्तरउन्नतीको काम, बिबीध निर्माण, ठेक्काको काम, ह्युम पाईप उपलब्ध गराउने काम लगायतका क्षेत्रका सबै काम सकिएको  मेयर महतको भनाई छ ।

सबै योजनामा गरेर ५ सय ७५ वटा योजना चालु आर्थिक बर्षमा संचालन भएका थिए । नगरको बजेट पुर्बाधार बिकासमा खर्च भएको बताइएको छ । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

प्रदेश ३ को बैठक : चार विधेयक सर्वसम्मतिबाट पारित
pradesh-3-1534525725.jpg
प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो...
कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई मुख्यमन्त्रीको यस्तो चेतावनी
Chief-minister-paudel-808-1534524117.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई कारवाही गरिने बताउनुभएको छ ।...
हेटौंडामा अबैध रुपमा गिट्टी-बालुवा ओसार्ने ३ वटा ट्याक्टरलाई कारवाही
2-56-1534522380.jpg
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) ओसार्ने ३ वटा ट्याक्टरलाई प्रहरीले कारवाही गरेको...
मुलुकी देवानी र फौजदारी संहिता एबं न्यायीक समितिको अवधारणा बिषयक अनुशिक्षण कार्यक्रम हेटौंडामा
samita-1534520740.jpg
हेटौंडा उपमहानगरपालिका न्यायीक समितिकोे आयोजनामा मुलुकी देवानी संहिता र फौजदारी संहिता एबं न्यायीक समितिको...
कानुन कार्यनयनमा जोड दिऔं : मुख्यमन्त्री
Dormani-Paudel-2-735x400-1534519745.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब मुलुकका निम्ती कानुनको अभाब नभएकाले यसको कार्यनयनका लागि...

लोकप्रिय खबर

1.
हेटौंडामा १० बर्षिया बालिका जबरजस्ती करणीको सिकार !
ilustrasi.net_-1532622722.jpg

हेटौंडामा १० बर्षिया एक बालिका जवरजस्ती करणीको सिकार भएकी छिन् । बुधबार राति साढे ११ बजे हेटौंडा २ संगमचोक...
2.
मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ
2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।...
3.
हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी
om-1533703639.JPG

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । केहि समय अघिदेखि हलमा चारै तिरबाट आगोको मुस्लो निस्किएको छ । ...
4.
हेटौंडा-पथलैया सडकखण्डको आधाभार नजिक सडक दुर्घटना, १ जनाको ज्यान गयो
00-1532504642.jpg

पुर्व-पश्च्छिम राजमार्गको हेटौंडा-पथलैया सडकखण्ड अन्तर्गत पर्ने आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक...
5.
ओम्याक्स हलको आगलागी नियन्त्रणमा आयो
omax-1533710297.jpg

हेटौंडाको सुविधा सम्पन्न सिनेमा हल 'ओम्याक्स सिनेमा हल'मा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा...