सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
सुमो काउन्टरमा टिकट काट्नेनै छैनन्

lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि काठमाण्डौबाट टाटासुमोहरुबाट ठगिएका यात्रुहरु आजबाट घरको टिका सकेर काठमाण्डौ जाने क्रममा सुमोबाट फेरी ठगिएका छन् । साढे चार सय रुपैयाँ टाटा सुमो भाडा भएपनि काठमाण्डौ जानका लागि टाटासुमोहरुले एक जना यात्रु संग ८ सय रुपैयाँ देखि एक हजार रुपैयाँ सम्म लिन थालेका छन् । आज बिहानबाट काठमाण्डौ जाने क्रममा अधिकांश यात्रुहरु ठगिएका हुन् ।

हेटौंडाको चौकिटोलमा संयुक्त टाटा सुमो काउन्टर संचालन गरिएको छ । तर त्यसमा टिकट काट्नका लागि आज दिउसो कुनै सुमो कम्पनिको पनि कर्मचारी थिएनन् । टाटा सुमोहरुको हेटौंडामा कृतिम अभाब सृजना गरेर यात्रुहरु संग भाडा लिएको हेटौंडा ४ का स्याम सापकोटा बताउनुहुन्छ । दुबै तर्फको यात्राका क्रममा ठगिनु परेको यात्रुहरुको गुनासो छ । हेटौंडामा मात्र दुईदर्जन जति सुमो कम्पनिहरु संयुक्त काउन्टरबाट यसअघि टिकट काट्दै आएका थिए । तर दशैको टिकाको भोलीपल्टबाटनै यात्रुहरु ठग्नका लागि संयुक्त काउन्टरबाट टिकट काट्न बन्द गरेका हुन् ।

बाहिरबाट यात्रु बोक्दा दोब्बर भाडा लिन पाईने लोभले पनि संयुक्त काउन्टरबाट टिकट नकाटेको यात्रुहरुको गुनासो छ । सधै संयुक्त सुमो काउन्टरमा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म टिकट काटिन्थ्यो । तर सबै यात्रुहरुको जमघट भएर आपत परेको बेलामा टिक काट्टका लागि कर्मचारी समेत काउन्टरमा छैनन् । बढी भाडा असुल गरेको भनेर जनगुनासो आएकाले आफुले प्रहरी प्रशाशनलाई जानकारी गराएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । 

चार्डपर्बको मौका छापेर यात्रु ठग्नेबिरुद्ध स्थानिय सरकार चुप लागेर नबस्ने मेयर महतको भनाई छ । चौकिटोलको संयुक्त काउन्टरलाई अझै ब्यबस्थित ढंगले संचालन गर्ने र त्यसमा उपमहानगरपालिकाले सहयोग गरिरहेको उहाँले बताउनुभयो । हेटौंडाको चौकिटोलको रोपवयको संयुक्त सुमो काउन्टरमा टिकट काट्ने कोहि थिएनन् । काउन्टरको ठिक अगाढीबाट सयौ यात्रुहरु ८ सय रुपैयाँ देखि एक हजार रुपैयाँ सम्म भाडा तिरेर सुमो काउन्टर बाहिरबाट गएको गएकै थियो । तर त्यही प्रहरी भेनमा बसेका प्रहरी भने यात्रुको गुनासो आएन भनेर हाई गरेर बसेका थिए । 

बढी भाडा असुल गरेको जनगुनासो आएपनि प्रहरीमा अहिले सम्म कुनैपनि खालका उजुरीहरु नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले बताउनुभयो ।  जनगुनासो आएमा कार्बाही गर्नका लागि तयार रहेको उहाँको भनाई छ । यंयुक्त काउन्टरबाट टिकट काट्नका लागि आफुहरुले दबाब पनि दिने एसपी गुरुङको भनाई छ । यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तोकिएको भन्दा बढी भाडा असुल गरे ठगि मुद्धा चलाउने चेतावनी दिनुभयो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...