सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडामा राप्रपाको जिल्ला,क्षेत्र,नगरकमिटीको संयुक्त बैठक : यस्ता भए निर्णय

40779045_1864578216968450-1535991381.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आज हेटौंडामा आयोजित राप्रपा मकवानपुर जिल्ला,क्षेत्र र नगर कार्यसमितिको संयुक्त बैठक सम्पन्न भएको छ ।

राप्रपा मकवानपुर अध्यक्ष एबं केन्द्रिय सदस्य मधु अधिकारीको अध्यक्षतामा र पार्टीका पुर्ब केन्द्रिय सहायक महामन्त्री राजाराम बर्तौलाको बिशेष उपस्थितिमा बसेको बैठकबाट पार्टीलाई स्थापित गराएरै छाड्ने दृढ़ सड्ढल्पका साथ सकृय सदस्यता बितरण अभियान,संगठन सुदृढीकरण,जनबर्गिय संगठनको परिचालन तथा भाबी कार्ययोजनाका बिषयमा छलफल गरि महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले सकृय सदस्यता बितरण अभियानलाई ब्यबस्थित र प्रभाबकारी रुपमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निति अन्तर्गत केन्द्रिय सदस्यहरु अनिबार्य रुपमा १५ दिन जिल्ला बस्नुपर्ने ब्यबस्था अनुसार केन्द्रिय अध्यक्ष कमल थापा गृहजिल्ला आउने कार्यक्रमको पनि तयारी गर्ने निर्णय भएको छ ।

अध्यक्ष कमल थापा अर्को हप्ता हेटौंडा आउनुहुने र सकृय सदस्यता बितरण अभियान शुभारम्भ गर्ने राप्रपा हेटौंडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिनुभयाे । बिरगंजमा सम्पन्न केन्द्रिय परिषद् बैठकबाट पारित निर्णय अनुसार सकृय सदस्यता बितरण अभियान शुरु हुने मकवानपुर अध्यक्ष मधु अधिकारीले बताउनुभयाे । बैठकमा केन्द्रिय सदस्य राजाराम बर्तौला,उपाध्यक्ष शिबराम थापा,सचिब खिल प्रसाद चौलागाईं, क्षेत्रीय अध्यक्षद्वय गोबिन्द रिजाल, राजाराम अर्याल, नगर अध्यक्ष गुरु सापकोटा, सिताराम बर्तौला,अर्जुन गौतम , बद्री कुवर, केशब आचार्य, अमृता लामा,भबनाथ दुलाल,कृश्न घिमिरे, कृष्ण बिडारी लगायतले मन्तब्य ब्यक्त गर्नुभएकाे थीयाे ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...