सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडामा नेता र मन्त्री ओहोर-दोहोर गर्दा प्रहरीलाई हैरान, ट्राफिक जाममा यात्रु

jjjj-1530795101.jpg

अहिले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारका जनप्रतिनिधिहरु हेटौंडाकै बाटो भएर आफ्ना सरकारी नंम्बर प्लेटका सावरीमा ओहोर दोहोर गर्ने गरेका छन् ।

बढी जसो संघिय राजधानी भएर काठमाण्डौ–फाखेल, कुलेखानी, भिमफेदी हुँदै हेटौंडा भएर ओहोर दोहोर गर्ने ठुला नेता र मन्त्रीहरुका कारण मकवानपुर प्रहरी हैरान बनेको छ ।  कम मात्रको जनसक्ति त्यसमाथी पार्टीका ठुला नेता, संघिय सरकारका प्रधानमन्त्री, मन्त्रीहरु, पुर्ब मन्त्रीहरु प्रदेश सरकारका प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुलाई स्कटिङ गर्दैमा प्रहरी हैरान भएको छ । सरकारमा पदमा रहेकाहरुलाई स्कटिङ पर्दा ठुलो जनसक्ति त्यसमानै खर्च गर्नुपरेको बताउँदे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङ भन्नुहुन्छ –भिआईपीको सुरक्षा र स्कटिङ गर्नुपर्दा धेरै प्रहरी त्यसमानै खर्च गर्नुपरेको छ । अर सुरक्षा हेर्न पनि भ्याई नभ्याई छ ।’ 

ठुला नेता र मन्त्रीहरु साढे दुईमहिनाको अबधिमा मात्र हेटौंडामा आएको र हेटौंडा भएर अन्यत्र जिल्लामा २ सय ८७ पटक ओहोर दोहोर गरेका छन् । नेता र मन्त्रीको अधिकांश ओहोर दोहोरमा प्रहरीले स्कटिङ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको रेकर्डमा सबैभन्दा बढी दुईनंमबर प्रदेशका मन्त्रीहरु, तीन नंमबर प्रदेशका मुख्यमनत्री र मनत्रीहरु, बिभीन्न दलका नेताहरुको ओहोर दोहोर गरेको रेकर्ड छ ।

शान्तिसुरक्षाको संबेदनसिलतालाई हेरेर पनि नेता र मन्त्रीलाई सुरक्षा दिने गरिएको छ । नेता र मन्त्रीलाई छुट्टै सेकुरेटीका रुपमा पद हेरेर नेपाली सेना ससस्त्र प्रहरी र जनपथ प्रहरी खटाइएको छ । त्यसमा पनि जुन जिल्लामा पुग्यो त्यही जिल्लाको प्रहरी कार्यालयले स्कटिङ गर्ने चलन पनि छ । त्यही चलनले गर्दा पनि यो जिल्ला सबैतिरको ओहोर दोहोर गर्ने केन्द्र भएका कारण स्कटिङ धेरै गर्नुपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक नरेश कुमार सिङले बताउनुभयो । 

२०७५ साल बैशाख महिना देखि यही असारको १५ गते सम्ममा साढे दुईमहिनाको रेकर्ड अनुसार सबै भन्दा बढी जेठ महिनामा नेता र मन्त्रीहरु ओहोर दोहोर गरेका छन् । बैशाख महिनामा हेटौंडा भएर नेता र दुईतहका मन्त्रीहर ६५ पटक हेटौंडा भएर बिभीन्न जिल्लामा ओहोर दोहोर गरेका छन् । त्यसैगरी जेठ महिनामा ९२ पटक नेता र मन्त्रीहरु हेटौंडा भएर अन्य जिल्लामा ओहोर दोहोर गरेका छन् । यता तीन नंम्बर प्रदेशको मुख्यमन्त्री र आन्तिरिक मामिला तथा कानुन मन्त्री त यो अबधिमा ९६ पटक हेटौंडा भएर बाहिरी जिल्लामा ओहोर दोहोर गर्नु भएको छ । यता हेटौंडा सबै प्रदेश र जिल्लाहरुको केन्द्र पनि पर्ने भएकाले ठुला कार्यक्रम गर्ने दलहरु र मन्त्रालयका कारण पनि यहाँ चाप पनि धेरैनै पर्ने गरेको छ । 

यो साढे दुई महिनाको अबधिमा प्रधानमनत्री केपी शर्मा ओली, पुर्ब प्रधानमन्त्रीहरु पुस्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, गृह मन्त्री रामबहादुर थापा बादल, सर्बोच्च अदालतका प्रधानन्यायधिश, बिभीन्न प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरु, उपप्रधानमनत्रीहरु, बिभीन्न पार्टीका नेताहरु धेरै पटक ओहोर दोहोर गरेको डिएसपी सिङले बताउनुभयो । 

यही बिचमा असार ४ गते देखि ७ गते सम्म नेपाली काग्रेसको ७७ जिल्ला सभापतिहरुको भेलाका कारण पनि हेटौडामा काग्रेशका पुर्ब प्रधान्त्री, सबै पुर्ब मन्त्रीहरु, सबैजसो केन्द्रीय नेताहरु हेटौंडा आउँदा यहाँका होटल त खाली भएनन् तर सडकमा चाप संगै प्रहरीको स्कटिङको हैरानी पनि उत्तिकै बढेको प्रहरीको भनाई छ । एक सय जना भन्दा बढी पार्टीका केन्द्रीय स्तरका नेताहरुलाई चार दिन सम्म ट्राफिक प्रहरी र जनपथ प्रहरीले स्कटिङ गरेको थियो ।

यसका कारण पनि प्रहरीलाई आफ्नो नियमित काम गर्नका लागि भ्याई नभ्याई भएको स्कटिङमा खटिएका प्रहरीहरु बताउँछन् । यता तीन नंम्बर प्रदेशका मुख्य मन्त्री र आन्तिरिक मामिला तथा कानुन मन्त्री ओहोर दोहोर गर्ने र जिल्ला भित्र पनि औपचारिक कार्यक्रममा सुरक्षा तैनाथी बढाउनुपरेकाले थप प्रहरी समेत आबस्यक्ता परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङ बताउनुहुन्छ । 

यसरी सरकारी नंम्बर प्लेटका सवारी ओहोर दोहोर गर्दा हेटौंडाको मुख्यबजार क्षेत्रमा सवारी जाम पर्न थालेको छ । बिशेषगरी हेटौंडाको बुद्धचोक, सिमाचोक, बाईपास सडक, स्कुलरोड लगायतका क्षेत्रमा सवारी जाम हुने गरेको छ ।

हेटौंडाको मुख्य बजारको जामलाइृ नियन्त्रण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले अभियान सुरु गरेको छ र अभियान अनुसार हेटौंडाको राप्तिरोडमा पार्किङ निशेध पनि गरिएको छ । तर ठुला सवारी,सरकारी सवारी, अव्यवस्थित अटो-रिक्सा र साँगुरा सडकका कारण अहिले हेटौडाका मुख्य बजारमा सवारी जामहुने समस्या बढेको छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...