सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडामा 'मकवानपुर साझा यातायात' संचालन हुदै, सहचालक महिला !

sajha-1528974762.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र बस संचालन हुने भएको छ 

मकवानपुर साझा यातायात प्रालिले यहि असार २ गतेबाट 'मकवानपुर साझा यातायात' बससेवा संचालन गर्न लागेको हो । ३ वटा रुट छुट्याएर ११ वटा बस संचालन गर्न लागिएको मकवानपुर साझा यातायातका संचालक भेष खड्की बताउनुभयो । बुद्धचोक नवलपुर मनहरी, बुद्धचोक-क्याम्पाडाडा-हुदै हटिया-चिसापानी-कमाने र बुद्धचोक औधोगिक क्षेत्र हुदै छालागेट सम्म बस सेवा संचालन हुनेछ 

२६ वटा सिट रहेको बसमा बिहान ५ बजेदेखि राति ८ बजे सम्म यात्रुहरुले आरामदायी यात्रा गर्न सक्ने संचालक खड्गीले बताउनुभयो । 'प्रदेश ३ को राजधानी हेटौंडा हो तर यहाँको नगरभित्र आज सम्मपनि बससेवा संचालन भएका छैनन्, सर्वसाधारणलाई सास्ती भैरहेको छ, त्यसैले पनि बस संचालनमा ल्याउन लागेका हौँ', खड्गीले भन्नुभयो  बसका चालक र सहचालकलाई पोशाकको पनि व्यवस्था गरिएको छ । बुद्धचोकलाई केन्द्रमानेर हरेक २० मिनेटको अन्तरमा बस छुट्नेछन् 

मकवानपुर साझाका अनुसार केहिदिन पछी बिशेषगरी बिहान क्याम्पस आउने बिद्यार्थी र बिहानै बजार आउने सर्वसाधारणलाई सहज हुनेगरि मनहरी र चिसापानीबाट २-२ वटा बस छुट्ने व्यवस्था मिलाइने छ 

बस संचालन हुने भएपछी यहाँका अटोरिक्सा र मयुरिको मनपरी भाडाबाट आजित बनेका सर्वसाधारणलाई केहि राहत हुने अनुमान गरिएको छ । त्यसैगरी यहाँ संचालित साना सवारीको जोखिमपूर्ण यात्राबाट पनि यात्रुहरु मुक्त हुनेछन् 

                   सहचालक महिला

असार २ गतेदेखि संचालनमा आउने मकवानपुर साझा यातायातमा सहचालक महिला हुनेछन्  ११ वटै बसको सहचालकको रुपमा महिलाले भाडा उठाउछन् तर बिहानी सिफ्टमा मात्र । महिला भनेपछि घरमै बसिरहने, घर भित्रकै मात्र काम गर्नुपर्छ भन्ने सोचलाई निरुत्साहित गर्दै बिहान ५ बजेदेखि १२ बजेको बिहानी सिफ्टमा महिला सहचालक रहने मकवानपुर साझाले बताएको छ 

                     छुटको व्यवस्था

मकवानपुर साझा यातायात प्रालिले छुटको पनि व्यवस्था गरेको छ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ  त्यस्तै अपाङ्गता भएका व्यक्तिलाई पनि भाडादरमा ५० प्रतिशत छुट गरिएको छ । बिद्यार्थीहरुलाई भने ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ  

                 बिद्यार्थी छुट ३० प्रतिशत मात्र किन?

मकवानपुर साझा यातायातको स्थानीय रुट र भाडादर पत्रिकामा प्रकाशित भएपछी केहि विद्यार्थीले सरकारले छुट्याएको ४५ पतिशत भाडा छुटको व्यवस्थालाई कार्यनयन गरिएन भन्दै सामाजिक संजाल मार्फत बिरोध पनि भएको छ । तर मकवानपुर साझा यातायातको भाडा जनतालाई मार नपर्नेगरी कायम गरिएकोले बिद्यार्थीलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको संचालक भेष खड्गी बताउनुहुन्छ 

हेटौंडाको समृद्ध समाज राष्ट्रिय दैनिकमा प्रकाशित मकवानपुर साझा यातायातको रुट तथा भाडादर यस्तो छ हेर्नुहोस 

 

 

 

 

bhada-1528975403.jpg
सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडाका यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भए, सहयोग गरिदिन परिवारको आग्रह
bepatta-1542117630.jpg
हेटौंडा ९ निवासी २४ बर्षिय यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भएका छन् । अघिल्लो दिन राति १० बजे सुत्न गएको तर २४...
छठ पर्वले हिमाल,पहाड,तराई जोड्ने पुलको काम गरेकाे छ : मुख्यमन्त्री पौडेल
mukhyamantri-1542114867.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्वले हिमाल, पहाड, तराई जोड्ने पुलको रुपमा काम...
बृद्धभत्ता पाँच हजार पुर्याउने तयारीमा सरकार छ : मुख्यमन्त्री पौडेल
Dormani-paudel-780x405-71-1542113392.jpg
तीन नंम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले अहिलेको सरकारको कार्यकालमानै बृद्धभत्ता पाँच हजार रुपैयाँ...
हेटौंडामा छठ पर्व भव्य रुपमा मनाइदै
htd-chh-1542112777.jpg
हेटौंडाको राप्तीखोलाको बगरमा आज छटपर्ब भब्य रुपमा मनाइएको छ । राप्तीरोड देखिनै छटका अवसरमा झिलीमिली पारिएको छ...
स्थायी राजधानी हेटौंडा बनाउन प्रदेश ३ सरकारको प्रयास
hetauda-_hetaudakhabar-1542082058.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...