सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडामा कहिले बन्छ पशुबधशाला ? स्वास्थ्यमा प्रतिकुल असर पर्ने बिषयमा मौन छ सरकार

badh-1538759042.jpg

हेटौंडामा स्थानीय सरकारले व्यवस्थित पशुबधशाला निर्माण गर्न नसक्दा व्यवसायीले जथाभावी पशुबध गर्ने गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडानंम्बर २ बालजागृति बोडिङ नजिक बस्तिमा भैसी र राँगाहरु खुल्ला रुपमा बध गर्ने र ओसार पसार गर्दा स्थानिय वासिन्दाहरु सधै दुर्घन्धको सिकार भएका छन् । बजारको बिचमा रागा, भैसी काट्ने, तीनको छाला अव्यवस्थित ढंगले राख्ने गर्दा यहाँका स्थानिय वासिन्दालाई समस्या हुने गरेको छ । संगमचोक, सिद्धार्थरोड, पुरानो मकवानपुर रोड लगायतका क्षेत्रमा जथाभावी गरिने पशुबध र त्यसबाट निस्किने फोहोर नियन्त्रणका बिषयमा स्थानिय प्रशाशन, अदालत, प्रहरी प्रशाशन सबैलाई जानकारी गराउँदा पनि चासो नदिएको स्थानीयको गुनासो छ ।

बजारको बिचमै बधशाला संचालन गरेर असर गरेको भन्दै तत्कालिन पुनराबेदन अदालत हेटौंडा, जिल्ला प्रसाशन कार्यालय र हेटौंडा उपमहानगरपालिकाले त्यहाँबाट गाई, भैसी बधगर्ने काम बन्द गर्नका लागि निर्देशन दिएपनि कार्यनयन भने नभएको बालजागृति बोडिङ स्कुलका प्रिन्सीपल बिनोद सुबेदीले बताउनुभयो । भैसी रागाहरु बध गरेपछी निस्किने फोहोर सडक, नालीमा फालिदिएकाले समस्या भएको स्थानिय वासिन्दाहरुले बताएका छन् ।

पशुबध गर्दा र भैसीको छाला ओसार पसार गर्दा विद्यार्थीले बान्ता समेत गर्ने गरेको सुबेदीले बताउनुभयो । सधै डर, धाक धम्की दिदै पशुबध बस्तिमै गरिदै आएको स्थानिय महिलाहरु बताउँछन् ।

यसबारे जिल्ला प्रसाशन कार्यालय मकवानपुरले बुधबार अनुगमन गरेको छ यो समस्या धेरै अघिदेखिको भएकाले हेटौंडा उपमहानगरपालिका संग समन्वय गरी समस्याको समाधान गर्ने बताउनुभयो ।

                कहिले बन्छ व्यवस्थित बधशाला

हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा व्यवस्थित पशुबधशाला निर्माणका लागि ०७४ पौषमा जग्गा र उपयुक्त स्थानको खोजीका लागि हेटौडा उपमहानगरपालिकाकि उपमेयर मिना लामाको अध्यक्षतामा समिति समेत गठन गरिएको थियो तर झन्डै १ बर्ष पुग्न लागिसक्दा पनि कुनै प्रगति भने देखिएको छैन । बधशाला नहुदा विभिन्न कारणले   मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको भएपनि यहाको स्थानीय सरकारले केहि गर्न सकेको छैन ।

हामीले यस बिषयमा हेटौडा उपमहानगरपालिकाकी उपमेयर मिना लामालाई बधशालाको कुरो कहाँ पुग्यो ? भनि सोध्दा बधशाला निर्माणमा केहि ढिला हुन गएको बताउनुभयो । केहि प्राविधिक कारण केहि ढिला भयो, बधशालाको लागि जग्गा भैसकेको छ अब निर्णय हुन मात्र बाकि को लामाले भन्नुभयो ।

अहिले हेटौंडामा अव्यवस्थित ढंगले कुखुरा, खसी, बोका, रागा, पाडा पाडी, काटिने गरेको छ । जसका कारण आम उपभोक्ताले अस्वस्थकर मासु खान बाध्य छन् भने अर्कातिर बस्तीमै जताततै पशुबध गरिएकाले दुर्गन्धित संगै फोहोरका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । यस बिषयमा सम्बन्धित निकायको चाडै ध्यान जाओस् ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...