सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडामा आजदेखि 'साझा बस' चल्यो, मेयर र एसपी चडाएर गरियो उद्घाटन

sajhaa-1529142173.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ । 

हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा मकवानपुर साझा यातायात प्रालिले आजबाट औपचारिक रुपमा ११ वटा 'मकवानपुर साझा यातायात'  बस सञ्चालनमा ल्याएको हो । हेटौंडा बजार तथा वरपरका क्षेत्रमा सञ्चालित अटो, मयुरीले यहाँका यात्रुहरुसँग बढी भाडा असुल गरेर हैरान बनाइहरेकाबेला साझा यातायात सञ्चालनमा आएपछि केहि राहत हुने अनुमान गरिएको छ ।

साझा यातायातको औपचारिक रुपमा उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हरेक यात्रुलाई मुस्कानसहितको सेवा दिनका लागि निर्देशन समेत दिनुभएको छ । साना खालका अटो तथा मयुरीमा असुरक्षित तरिकाले यात्रा गरिरहेका यात्रुहरुको समस्यालाई मध्यनजर गरेर आरामदायी र सुरक्षित यात्राका लागि निजी कम्पनीसँगगको समन्वयमा बस सञ्चालनमा ल्याइएको मेयर महतले बताउनुभयो । 

हेटौंडामा आयोजित उद्घाटन कार्यक्रमपछि मेयर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लाकेन्द्र श्रेष्ट, हेटौंडाका विभिन्न वडाका वडाध्यक्षलगायतलाई बसमा चढाएर मकवानपुर साझा यातायतको उद्घाटन गरिएको थियो ।

३ वटा रुट छुट्याएर ११ वटा बस संचालन गर्न लागिएको मकवानपुर साझा यातायातका अध्यक्ष भेष खड्की बताउनुभयो । बुद्धचोक नवलपुर मनहरी, बुद्धचोक-क्याम्पाडाडा-हुदै हटिया-चिसापानी-कमाने र बुद्धचोक औधोगिक क्षेत्र हुदै छालागेट सम्म बस सेवा संचालन हुनेछ ।

२६ वटा सिट रहेको बसमा बिहान ५ बजेदेखि राति ८ बजे सम्म यात्रुहरुले आरामदायी यात्रा गर्न सक्ने खड्गीले बताउनुभयो । 'प्रदेश ३ को राजधानी हेटौंडा हो तर यहाँको नगरभित्र आज सम्मपनि बससेवा संचालन भएका छैनन्, सर्वसाधारणलाई सास्ती भैरहेको छ, त्यसैले पनि बस संचालनमा ल्याएका हौँ', खड्गीले भन्नुभयो । बसका चालक र सहचालकलाई पोशाकको पनि व्यवस्था गरिएको छ । बुद्धचोकलाई केन्द्रमानेर हरेक २० मिनेटको अन्तरमा बस छुट्नेछन् ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...