सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hetauda-city-clz-1527162866.gif

हेटौंडामा आँखा दान गर्नेको संख्या १०० पुग्यो, यस्तो छ आँखा दान प्रक्रिया

marttttt-1519200733.gif
aankha-1528862413.jpg

हेटौंडामा आँखा दान गर्नेको संख्या बढ्दै गएको छ ।

हेटौंडाको सामुदायिक आँखा अस्पताला रहेको आँखाको नानि संकलन केन्द्रमा आँखा दान गर्न इच्छुक व्यक्ति १०० जना पुगेका छन् । गत माघ २९ गतेबाट हेटौंडामा आँखाको नानि संकलन केन्द्र सुरु भएको थियो । ४ महिनाको अवधिमा आँखा दान गर्छु भनि इच्छापत्रको फारम भर्नेको संख्या सय पुगेको आँखाको नानि संकलन केन्द्रका टेक्निसियन अमरेन्द्र कुमार बिकले बताउनुभयो । हेटौंडा ४ निवासी प्रकास श्रेष्ठका स्वर्गीय पिता राम कृष्ण श्रेष्ठ हेटौंडा आँखा बैकमा आँखा दान गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । श्रेष्ठका आँखाले अहिले २ व्यक्तिले संसार देखिरहेको टेक्निसियन बिकले बताउनुभयो । त्यस्तै बुधबार अर्को पनि आँखाको प्रत्यारोपण गरिएको छ । हेटौडा १ का स्वर्गीय सर्भलाल श्रेष्ठको आँखा प्रत्यारोपण गरिएको हो ।

हेटौंडाको आँखा बैंकमा मकवानपुरबाट मात्र नभई बारा, पर्सा, सर्लाही लगाएतमा स्थानहरुबाट पनि आँखादान गर्न आउछन् । केहिले त तत्कालै दान गर्न पनि इच्छा ब्यक्त गर्ने गरेको बिकले बताउनुहुन्छ । 'कतिले त मा एउटा आँखा दान गर्छु मर्नु भन्दा अघिनै गर्छु मिल्दैन ? भनेर सोध्नु हुन्छ’, तर कुनै व्यक्तिको मृत्यु पश्चातमात्र नानि निकाल्न सकिन्छ, मृत्यु अगावै निकाल्ने प्रविधि नेपालमा छैन बिकले भन्नुभयो ।

हाल आँखाको नानि संकलन केन्द्रमा दैनिक ३ देखि ४ जना सम्म दान गर्ने प्रणगर्न आउने गर्छन् । सुरुमा यहाँका सर्वसाधारणले आँखा बैकलाई त्यति चासो नदिएपनि अहिले भने आँखा दानप्रती सबैको इच्छा बढ्दै गएको देखिन्छ । मान्छेले लाखौ खर्च गर्छन्, यज्ञ गर्छन् तर त्यो भन्दा ठुलो दान आँखा दान हो, आँखा दान गर्नुभएका हेटौंडा ५ पिप्ले निवासी ४९ बर्षिय नारायण गौतमले भन्नुभयो । 'अरु दान भन्दा आँखा दान महादान लाग्यो, आखिर खरानी भएर जाने हो, त्यसैले मेरो परिवारको चारै जनाले आँखा दान गर्छन्’ ।

                आँखादान गर्ने प्रक्रिया

आँखा दान गर्नका लागि इच्छा भएकाहरूले सुरुमा आँखाको नानि संकलन केन्द्रमा गएर आँखा दान इच्छापत्र भर्नुपर्छ । इच्छापत्र भरेकाहरूको मृत्यु भयो भने निजका परिवारजनले आँखा दानका बारेमा आँखा बैंकमा खबर गर्नुपर्ने हुन्छ । त्यसपछि आँखा बैकका प्राविधिकले मृतकको आँखा निकाल्छन् । तर मृत्यु भएको २४ घण्टा काटेको छ भने उक्त आँखा काम लाग्दैन । आँखा दान गर्नका लागि पहिला आँखा स्वस्थ छ कि छैन भनेर परीक्षण गरिन्छ । क्यान्सर, एचआईभी, ट्युमर, क्षयरोग र हेपाटाइटिस रोग लागेर मृत्यु भएका मृतकहरूको आँखा प्रत्यारोपण गरिँदैन ।

कतिपय मानिसहरूले जीवित छँदै आँखा दानका लागि इच्छापत्र भरेका हुन्छन् तर दान गर्न चाहनेले मृत्युपछि मृतकका परिवारले आँखा बैंकमा खबर गरी दान गर्न सकिन्छ ।

२०७५-०२-३० साझ ६ बजे अध्यावधिक गरिएको 

 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

अब रहेनन् डा. उपेन्द्र देवकोटा
dr-1529330587.jpg
एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको...
जाँदाजाँदै एसपी श्रेष्ठले भने : दुखमन छैन, ...फेरी म जस्तो किन चाहियो नि !
sp-saruwa-1529329518.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । एसपी श्रेष्ठ...
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
प्रदेश ३ : सांसद्लाई बसोबास र यातायातको व्यवस्था गर्न जनसरोकार केन्द्रको माग
20-1529258523.jpg
जनसरोकार केन्द्र मकवानपुरले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नुपर्ने माग गरेको छ । प्रदेश ३...
अब हेटौंडामा २४ सै घण्टा एटिएम सेवा, धन्यवाद शिद्धार्थ बैंक
atm-sewa-1529254735.jpg
शिद्धार्थ बैंक हेटौंडाले २४ सै घण्टा एटिएम सेवा दिन सुरु गरेको छ । हेटौंडामा एक दर्जन भन्दा बढी बैंकहरु...

लोकप्रिय खबर

1.
हेटौंडामा 'मकवानपुर साझा यातायात' संचालन हुदै, सहचालक महिला !
sajha-1528974762.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र बस संचालन हुने भएको छ । मकवानपुर साझा यातायात प्रालिले यहि असार २ गतेबाट...
2.
हेटौंडामा आजदेखि 'साझा बस' चल्यो, मेयर र एसपी चडाएर गरियो उद्घाटन
sajhaa-1529142173.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ ।  हेटौंडा उपमहानगरपालिकासँगको...
3.
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
4.
प्रदेश ३ सरकारको योजना- 'घर-घरमा जनताको उपचार देखि बाल बिवाहको अन्त्य' तर चुनौती कति ?
samajik-1528807891.jpg

तीन नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुद र युवाको क्षेत्रमा महत्वपुर्ण काम...
5.
हराएको मोबाईल पत्ता लगाएर बुझायो मकवानपुर प्रहरीले
Capture-1527854244.JPG

हराएको मोबाईल पत्ता लगाएर मकवानपुर प्रहरीले मोबाईल धनिहरुलाई बुझाईएको छ । हेटौडामा ८ कमाने बस्ने सोम बहादुर...