सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डको बर्षभरीका काम सार्बजनिक

40773541_1047450505415148-1536135367.jpg

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आज आफ्नो कार्यालयले बर्षभरी गरेका कामहरुको सबै विवरण सार्बजनिक गरेको छ । 

बुधबार पत्रकार सम्मेलन गरी खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले आर्थिक वर्ष २०७४-७५ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो । यस आर्थिक बर्षमा हेटौडा खानेपानी व्यवस्थापन बोर्डले १० करोड २२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै बोर्डले चालुतर्फ ४ करोड ५२ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ १ करोड ८६ लाख रुपैयाँ खर्च गरेको बताइएको छ ।

कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्टले खानेपानी बोर्डमा हस्तान्तरण भएपछी हेटौंडाका धेरै नागरिकलाई सुलभ मुल्यमा पानी खुवाउनका लागि आफुहरु सफल भएको बताउनुभयो । बोर्डले केही स्थानमा डिप बोरिङमा समस्या आएपनि अन्यत्र क्षेत्रका नागरिकलाई सहज रुपमा पानी खुवाउनका लागि सफल भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवापनुरका अध्यक्ष हरि हुमागाईले बिशेषगरी पछी हेटौंडामा गाभिएका वडाहरुमा अहिले पनि खानेपानीका लागि केही समस्या भएकाले उपमहानगरपालिका संगको साझेदारीमा समाधान गर्नका लागि आग्रह गर्नुभयो । सस्थान भन्दा अहिले बोर्डले हेटौंडामा खानेपानीको क्षेत्रमा धेरै राम्रा काम गरेर नगरबासीका लागि खानेपानीको समस्याबाट मुक्त रहेको उहाले बताउनुभयो ।

कार्यक्रममा खानेपानी बोर्डका सदस्य ईन्द्र नेपाल, बोर्डका आमन्त्रीत सदस्य रामकृष्ण थापा, खानेपानी डिभीजन कार्यालय मकवानपुरका पदमबहादुर कुबर, खानेपानी बोर्डका निमीत्त प्रमुख सुदर्शन ढकाल लगायतको उपस्थिति रहेको थियो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...