सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडा–काठमाण्डौ सडक अवरुद्ध गर्नेलाई कारवाही : मुख्यमन्त्री

nn-1540902767.jpg

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–सिस्नेरी–काठमाण्डौ सडक अवरुद्ध गर्नेलाई कारवाही गरिने बताउनुभएको छ ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सरोकारवालाहरुसंगको छलफलमा मुख्यमन्त्रि पौडेलले बिभिन्न बहानामा सडक सञ्चालनमा अवरोध भएको भन्दै सडक निर्वादरुपमा सञ्चालन गर्न निर्देशन दिनुभएको छ । यहि कात्तिक १६ गतेबाट सुचारु हुने गरी आवस्यक व्यबस्था मिलाउन पनि उहा“ले निर्देश गनुभएको छ । 

सडक सा“घुरो भएका कारण पनि  जोरविजोर प्रणाली लागूगनुपर्ने आवश्यकता रहेको प्रष्ट पार्नुभएको थियो । छलफलपश्चात विभिन्न ३ वटा निर्णहरु समेत गरिएको छ । छलफलले हेटौडा काठमाडौं ओहोर दोहोर गर्ने सार्वजनिक सुमो यातायाहरुको हकमा हेटौडा–कुलेखानी–फाखेल–काठमाडौं रुटमा जोर बार जोर नम्बरका सुमो र हेटौडा –कुलेखानी–सिस्नेरी–काठमाडौं रुटमा बिजोर बार बिजोर नम्बरका सुमो सञ्चालन गर्ने निर्णय भएको छ । यसको व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र यातायात व्यावसायी संघहरुले संयुक्त रुपमा मिलाउने निर्णय गरिएको छ । त्यसैगरी यातायात सहजताका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी कार्यालय काठमाडौंसंग आवश्यक समन्वय गरी निर्णय कार्यान्वयन गर्ने, गराउने समेत निर्णय भएको छ  । त्यसैगरी सडकका ठेक्काहरु प्रदेश सरकारमा हस्तान्तरण भै नसकेको अवस्थामा सडक डिभिजन कार्यालय काठमाडौं र मकवानपुरले  निर्माण कार्यको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई ३  दिन भित्र सम्पर्कमा आइ आवश्यक मर्मत गरी यातायात सुचारु हुन सक्ने अवस्थामा  ल्याउन पत्राचार गर्ने पनि निर्णय भएको छ ।  संघीय सरकार मातहत रहेको दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडक खण्डमा नेपाल सरकारबाट सम्झौता भई चालु रहेका ठेक्काहरु आवश्यक प्रक्रिया पुरा गरी सम्बन्धित सडक डिभिजन कार्यालयहरुबाट प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले बुझ्ने व्यवस्था मिलाउने पनि छलफलबाट निर्णय गरिएको छ । विभिन्न बहानामा यातायात अवरुद्ध भएको भन्दै मुख्यमन्त्री पौडेलले यस विषयमा चासो लिनु भएको थियो । कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापितले सडक सञ्जालमा कसैले अवरोध गर्न नहुने बताउनुभयो । उहा“ले अन्य बैकल्पिक मार्ग सञ्चालन गरे थप सजिलो हुनेपनि प्रष्ट पार्नुभयो ।

छलफलमा प्रमुख सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, ईन्द्रसरोबर गाउ“पालिका अध्यक्ष जिबन लामा, मन्त्रालयका सचिबहरु रमेश शिवाकोटी, रुद्रा शर्मा, यातायात व्यवसायीहरु, डिभिजन सडक कार्यालयका ईन्जिनियरहरुलगायत सहभागि थिए ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...