सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hetauda-city-clz-1527162866.gif

'हेटौंडा-काठमाण्डौ सुरुङमार्ग' ऋण काढेको पैसा स्वाहा,५ थरि पुजा भो तर काम शुन्य !

marttttt-1519200733.gif
surung02-1520935128.jpg

नेपालकै सपना बनेको हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गको विषयमा सर्वोच्च अदालतले सरकारलाई १५ दिने कारण देखाऊ आदेश जारी गरेको छ ।

२०६६ भदौ ३ गते अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले हालेको रिटमा आदेश दि“दै सर्वोच्चले सरकारलाई सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिन भनेको थियो । सर्वोच्चका तत्कालिन न्यायाधीश सुशीला कार्की र बलराम केसीको संयुक्त इजलासले सुरुङमार्ग देशकै महत्वपूर्ण योजना रहेको भन्दै सरकारलाई ‘निर्माणमा प्राथमिकता दिनू’ भन्ने आदेश गरे पनि ८ वर्षसम्म सरकारले निर्माण नगरी सर्वोच्चको आदेशको अवहेलना गरेको भन्दै अधिवक्ता चौलागार्इंले मंगलबार रिट दायर गरेका थिए ।

सर्वोच्चले प्रधानमन्त्री, अर्थमन्त्री तथा भौतिक योजना, निर्माण तथा यातायात मन्त्रीका नाममा १५ दिने कारण देखाऊ आदेश जारी गरेकोे हो । प्रदेश–३ को राजधानी हेटौंडा भएको सन्दर्भमा देशको राजधानीस“ग जोडने सबभन्दा छोटो मार्गका रुपमा परिकल्पना गरिएको सुरुङमार्ग निर्माणका लागि सर्वोच्चको आदेशले तरंग उत्पन्न गरेको हो । सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको इजालासले १५ दिनभित्र सरकारलाई जवाफ दिन आदेश जारी गरेपछि सुरुङमार्गबारे पुनः बहस सुरु भएको छ । 

हेटौंडाबाट ५५ किलोमिटर दुरीमा करिब १ घण्टा ३० मिनेटमा काठमाडौं पुग्ने गरी निर्माण गर्ने भन्ने नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) ले सुरु गरेको सुरुङमार्ग निर्माण कार्य करिब १ दशक पुग्न लाग्दासमेत सुरु हुन सकेको छैन । सुरुङमार्ग निर्माणका लागि सरकारले एनपीबीसीएललाई स्वीकृति दिए पछिमात्र कम्पनीमा ३ नया“ अध्यक्ष चुनिसकिएको छ भने जनताबाट उठाइएको करोडांै रकमको हालसम्म हिसाबकिताब नभएको भन्दै विवाद उत्पन्न भएको अवस्थामा सुरुङमार्ग सरकारले नै निर्माण गर्नुपर्छ भन्ने बहस चल्न थालेको छ । 

सरकारलाई दिइएको आदेशमा अवहेलना भएको प्रमाणित भएको अवस्थामा सरकारका सरोकारवाला प्रधानमन्त्रीसहित मन्त्रीलाई समेत कैद हुनसक्ने ब्यवस्था रहेको अधिवक्ता चौलागार्इंको भनाइ छ । उनले अदालतको आदेशबमोजिम सरकारले १५ दिनभित्र कारणसहित अदालतको सम्मान गर्ने विश्वास ब्यक्त गरे । देशको वार्षिक १२ अर्ब भन्दा बढी रकम बचत हुने सुरुङमार्ग निर्माण हुने हल्ला चलेको तर नबनेको अवस्थामा अदालतको अवहेलना मुद्धाबाट राज्यलाई दबाब पुग्ने अधिवक्ता चौलागाईंले बताए ।

तराई र काठमाडौंलाई जोड्ने ‘मिडजोन’ का रुपमा परिचित हेटौंडाको सामाजिक र आर्थिक क्रान्तिका लागि ‘४ प’ (प्राइभेट, पब्लिक, पार्टनरसीप र पिपुल) अवधारणा अन्तर्गत् निर्माण गर्ने भनिएको सुरुङमार्गको भविष्य लथालिङ्ग भएको छ ।

भीमफेदी–कुलेखानीमा ४ किमी सुरुङसहित हेटौंडा–भीमफेदी र कुलेखानी–फास्टट्रयाकसम्म चार लेनको बाटो निर्माण गर्न भन्दै गठित कम्पनीले कामै गरेको छैन । सुरुङमार्ग निर्माणपछि हाल भइरहेको इन्धन र सवारीमर्मत खर्चमा भारी कटौती हुने, सवारीस“ग उठाएको सीमित कर रकमले पनि आठ वर्षभित्र लगानी उठाउन सकिने भन्दै मार्ग निर्माणका लागि सरकारसंग अनुमति लिइएको थियो । सुरुङमार्ग निर्माणपछि हाल ८० किमी लामो सडक ३० किमीमा छोटिने र निर्माणसम्पन्न भएपछि करिब ६० देखि ९० मिनेटमा हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्न सकिने विश्वाससाथ अगाडि बढिएकोमा कम्पनीभित्रको आपसी बेमेल तथा अनियन्त्रित खर्चका कारण कम्पनी धरासयी भएको आरोप छ ।

नेपालको सर्वपक्षीय विकासका सहयोग गर्ने आशा गरिएको बहुुप्रतीक्षित परियोजना हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणको एकमात्र लक्ष्य लिएर स्थापित नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काम अगाडि नबढाउदा सर्वसाधारणमा चिन्ता व्याप्त छ । 

कम्पनीले सुरुङमार्ग निर्माण गर्न राखेको प्रस्तावलाई २०६९ वैशाखमा मन्त्रिपरिषद्ले पारित गरेको थियो । त्यसअनुसार आयोजनाको काम २०७१ बाट सुरु हुनुपर्ने भए पनि हालसम्म सिन्को भाचिएको छैन । आयोजना करिब ३७ अर्बमा बन्ने आ“कलन गरिएको थियो । म्याद थप गर्दै ५० अर्ब हाराहारीमा लागत लाग्ने उल्लेख छ । पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग बनाउन गैरआवासीय नेपाली तथा स्वदेशी उद्योगपतिबाट ३५ अर्ब उठाउने योजना बनाएको थियो । त्यसअनुसार जनताबाट ३१ करोड ७६ लाख रकम जुटाइएको थियो । हेटौंडाका जनताले लगानी गर्न तत्परता देखाएका थिए । गहना, गाई, बाख्रा, भैंसी बेचेर तथा ऋण काढेर हेटौंडाबासीले कम्पनीलाई रकम बुझाएका थिए । तर, प्रगति भएन ।

कम्पनीमा मकवानपुरका २२ संस्थापक शेयर सदस्य छन्, जसमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ हेटौंडा र नारायणी यातायात व्यवसायी संघले संस्थागत संस्थापक शेयर लिएका छन् । निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले शुभसाइत ठहरिएको दिन भन्दै हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणका लागि २०७० मंसिर १५ गते भूबराह पूजा गरेको थियो ।

मकवानपुरको तत्कालीन कुलेखानी गाविस वडा नं. २ लाम्दोली, चुरेपाखास्थित सुरुङको प्रस्तावित प्रवेशविन्दुमा देशका प्रतिष्ठित पण्डितहरुद्वारा पाच प्रकारका पूजा गरियो । चार पण्डितले वेद, एक पण्डितले चण्डी, ११ पण्डितले रुद्रि, तीन पण्डितले हवन र अन्य पण्डितले पृथ्वीसुक्त, सामवेद, भागवत पाठ गरेका थिए भने केहीले पञ्चशीला पूजा, विश्वकर्मा पूजा, नागपूजा र स्थानीय मठमन्दिर पूजा गरेका थिए ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

अब रहेनन् डा. उपेन्द्र देवकोटा
dr-1529330587.jpg
एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको...
जाँदाजाँदै एसपी श्रेष्ठले भने : दुखमन छैन, ...फेरी म जस्तो किन चाहियो नि !
sp-saruwa-1529329518.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । एसपी श्रेष्ठ...
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
प्रदेश ३ : सांसद्लाई बसोबास र यातायातको व्यवस्था गर्न जनसरोकार केन्द्रको माग
20-1529258523.jpg
जनसरोकार केन्द्र मकवानपुरले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नुपर्ने माग गरेको छ । प्रदेश ३...
अब हेटौंडामा २४ सै घण्टा एटिएम सेवा, धन्यवाद शिद्धार्थ बैंक
atm-sewa-1529254735.jpg
शिद्धार्थ बैंक हेटौंडाले २४ सै घण्टा एटिएम सेवा दिन सुरु गरेको छ । हेटौंडामा एक दर्जन भन्दा बढी बैंकहरु...

लोकप्रिय खबर

1.
हेटौंडामा 'मकवानपुर साझा यातायात' संचालन हुदै, सहचालक महिला !
sajha-1528974762.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र बस संचालन हुने भएको छ । मकवानपुर साझा यातायात प्रालिले यहि असार २ गतेबाट...
2.
हेटौंडामा आजदेखि 'साझा बस' चल्यो, मेयर र एसपी चडाएर गरियो उद्घाटन
sajhaa-1529142173.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ ।  हेटौंडा उपमहानगरपालिकासँगको...
3.
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
4.
प्रदेश ३ सरकारको योजना- 'घर-घरमा जनताको उपचार देखि बाल बिवाहको अन्त्य' तर चुनौती कति ?
samajik-1528807891.jpg

तीन नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुद र युवाको क्षेत्रमा महत्वपुर्ण काम...
5.
हराएको मोबाईल पत्ता लगाएर बुझायो मकवानपुर प्रहरीले
Capture-1527854244.JPG

हराएको मोबाईल पत्ता लगाएर मकवानपुर प्रहरीले मोबाईल धनिहरुलाई बुझाईएको छ । हेटौडामा ८ कमाने बस्ने सोम बहादुर...