सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौडा-काठमाडौ सुरूङमार्ग किन नबनाएको भन्दै सर्वोच्चको यस्तो आदेश

aadesh-1520837282.jpg

कुलेखानी–काठमाडौँ सुरुङमार्ग सर्वोच्चको फैसला बमोजिम किन नबनाएको भनि सरकारका नाममा सर्वोच्च अदालतले १५ दिन भित्र लिखीत जवाफ पेश गर्न आदेश दिएको छ ।

निबेदक अधिबक्ता ध्रुब प्रसाद चौलागाईले २०६४ सालमा हेटौडा काठमाडौ सरुङ्ग मार्ग निर्माण गर्नु भनि दायर भएको परमादेश मुद्दा सर्वोच्च अदालतवाट संविधानले नेपाली नागरीकलाई नेपाल राज्यभर आवत जावत हिडडुल र वसोववास गर्ने हक मौलीक हक प्रदान गरेको र सो हकलाई साकार पार्न मार्ग आवश्यक पर्ने हुदा प्रश्तावित सुरुङ्गमार्ग निर्माण गर्न प्राथमिकता दिनु भनि आदेश भएको थियो ।

तर सो फैसला आदेश बमोजिम हाल सम्म सुरुङ्ग मार्ग निर्माणमा राज्यले कुनै चासो नदिएको भनि अधिबक्ता चौलागाईले प्रधानमन्त्री तथा प्रधानमन्त्रिको कार्यालय सिंहदरवार काठमाडौ, नेपाल सरकार अर्थमन्त्री तथा अर्थ मन्त्रालय सिंहदरवार काठमाडौ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रि एबं मन्त्रालय सिंहदरवार काठमाडौसमेतलाई बिपक्षी बनाई चौलागाईंले पुनः अदालतको अपहेलनाको रिट दायर गर्नु भएको थियो ।

उक्त अपहेलना रिट निवेदनमाथि यही फागुन २७ गते न्यायाधीश दिपकराज जोशीको एकल ईजलासबाट १५ दिन भित्र फैसला बमोजिमको काम हाल सम्म नगरेकोले किन उक्त काम नगरेको हो भनि लिखित जवाफ माग गर्दै आदेश दिएको छ ।

बर्तमान अवस्थामा सुरुङमार्ग बनेपछी तेल र ह्रासकट्टी,टायर ट्युब,पाटपुर्जा र मर्मत सँभारबाट बर्षेनी राज्यलाई १०,१२ अर्ब रुपैया बचत हुने अधिवक्ता चौलागाईंको भनाई छ । उहाका अनुसार फैसला वमोजिम सुरुङ वनाउन प्ररिथमिकता नदिएमा मन्त्रि लगाएत सम्बन्धित निकायलाई १ बर्ष कैद र र दश हजार रुपैया सम्म जरीवाना हुने कानूनी व्यवस्था रहेको छ  ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...