सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hetauda-city-clz-1527162866.gif

हेटौंडाको शिवम् सिमेन्ट बिरुद्ध स्थानीयको आन्दोलन सुरु, बरु गोलि थाप्ने तर पछी नहट्ने

marttttt-1519200733.gif
andolan-1519056612.jpg

हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगको ज्याद्दती बिरुद्ध स्थानीयले आन्दोलन सुरु गरेका छन् ।

आज सोमबार वातावरण तथा सस्कृति सम्रक्षण मंच हेटौडाको आयोजना र मकवानपुरगढी गाउपालिका बस्ति संरक्षण समितिको एकेब्द्धतामा शिवम् सिमेन्ट उद्योगको मुलगेटमा ३ घण्टा बिरोध प्रदर्शन गरिएको छ ।

उद्योगले पहिले गरेका सम्झौता कार्यनयन नगरेको, जथाभावी खानि संचालन गरेको, धुलो-धुवा र ध्वनि प्रदुषणले स्थानीयलाई निकै सास्ती भैरहेको जस्ता समस्याको तत्काल समाधान गर्नुपर्ने माग राख्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् 

शिवम् सिमेन्ट उद्योगले स्थानीयवासी संग गरेको सम्झौता,साविक हटिया गाविस संग गरेको सम्झौता,उद्योग  बाणिज्य संघ संग गरेको सम्झौता  र मन्त्रालयमा गरेका विभिन्न सम्झौता अहिले कुनैपनि कार्यनयन नगरेको स्थानीयको गुनासो छ ।

बिरोध कार्यक्रममा बोल्दै दिगो वातावरण तथा सस्कृति सम्रक्षण मंचका अध्यक्ष गोविन्द गौतमले अबको आन्दोलन कसैको डर-धम्कि र आस्वासनले नरोकिने बताउनुभयो । त्यस्तै स्थानीय होमनाथ चौलागाईंले शिवम् ले स्थानीयको समस्यालाई सम्बोधन गरेन  भने मुलगेट मै आमरण अनसन बस्ने बताउनुभयो ।

शिवम् बिरुद्धको यो आन्दोलन आफुहरुको अन्तिम लडाई भएको र बरु गोलि खान तयार हुने तर आन्दोलनबाट पछी नहट्ने स्थानीय बताउछन् । उद्योगलाई वातावरण मैत्री र प्रदुषण रहित ढंगबाट संचालन गरिनुपर्ने, प्रारम्भिक चरणमा पाएको अनुमति क्षमता कायम गर्नुपर्ने,  थप गरिएको क्षमता खारेज गर्नुपर्ने, स्थानीयवासी,स्थानीय निकाय र सरकारसंग भएका सम्झौताहरु कार्यनयन गर्नुपर्ने, खानी उत्खनन् गर्दा ओभर बटमहरु निश्चित ठाउमा व्यवस्थित गर्नुपर्ने,   दुर्लभ जडिबुटी रक्त- चन्दन, श्रीखण्ड,पाचऔले तथा बन्यजन्तु भएका ठाउमा उत्खनन् गर्न नपाइने जस्ता माग सहित स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

उता शिवम सिमेन्ट भने दादागिरी शैलीमा प्रस्तुत भैरहेको छ । शिवमका ठुला हाकिमको बरिष्ट नेता देखि मन्त्रि सम्म पहुच रहेको बुझिएको छ । जस कारण उद्योगले स्थानीयको समस्यालाई लत्याएर हिडिरहेको छ । पैसा र पावरको आडमा शिवम् सिमेन्ट उद्योगको  यो    दादागिरीलाई तत्काल निमिट्यान्न पार्न जरुरी छ ।

                                  यो पनि हेर्नुहोस 

   हेटौँडाको शिवम सिमेन्ट उद्योगमा स्थानियले लगाए ताला, कर्मचारी भित्रै थुनिए

    हेटौडामा रहेको 'शिवम् सिमेन्ट उद्योग'का प्रबन्ध निर्देशक पक्राउ

शिवम् सिमेन्टको कर्तुत पर्दाफास ! ७ लाख २३ हजार युनिट बिधुत चोरी गरेको खुलासा

28232972_1583066058449259-1519057573.jpg
28313229_1583066228449242-1519057574.jpg
सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

अब रहेनन् डा. उपेन्द्र देवकोटा
dr-1529330587.jpg
एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको...
जाँदाजाँदै एसपी श्रेष्ठले भने : दुखमन छैन, ...फेरी म जस्तो किन चाहियो नि !
sp-saruwa-1529329518.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । एसपी श्रेष्ठ...
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
प्रदेश ३ : सांसद्लाई बसोबास र यातायातको व्यवस्था गर्न जनसरोकार केन्द्रको माग
20-1529258523.jpg
जनसरोकार केन्द्र मकवानपुरले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नुपर्ने माग गरेको छ । प्रदेश ३...
अब हेटौंडामा २४ सै घण्टा एटिएम सेवा, धन्यवाद शिद्धार्थ बैंक
atm-sewa-1529254735.jpg
शिद्धार्थ बैंक हेटौंडाले २४ सै घण्टा एटिएम सेवा दिन सुरु गरेको छ । हेटौंडामा एक दर्जन भन्दा बढी बैंकहरु...

लोकप्रिय खबर

1.
हेटौंडामा 'मकवानपुर साझा यातायात' संचालन हुदै, सहचालक महिला !
sajha-1528974762.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र बस संचालन हुने भएको छ । मकवानपुर साझा यातायात प्रालिले यहि असार २ गतेबाट...
2.
हेटौंडामा आजदेखि 'साझा बस' चल्यो, मेयर र एसपी चडाएर गरियो उद्घाटन
sajhaa-1529142173.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ ।  हेटौंडा उपमहानगरपालिकासँगको...
3.
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
4.
प्रदेश ३ सरकारको योजना- 'घर-घरमा जनताको उपचार देखि बाल बिवाहको अन्त्य' तर चुनौती कति ?
samajik-1528807891.jpg

तीन नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुद र युवाको क्षेत्रमा महत्वपुर्ण काम...
5.
हराएको मोबाईल पत्ता लगाएर बुझायो मकवानपुर प्रहरीले
Capture-1527854244.JPG

हराएको मोबाईल पत्ता लगाएर मकवानपुर प्रहरीले मोबाईल धनिहरुलाई बुझाईएको छ । हेटौडामा ८ कमाने बस्ने सोम बहादुर...