सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाका सरकारी बिद्यालयमा बिधुतिय हाजिरी

hajiri-1520957855.jpg

हेटौंडाका पाँच वटा सरकारी बिद्यालयमा बिधुतिय हाजिरी संचालनमा ल्याईने भएको छ ।

सरकारी बिद्यालयको पठन पाठनलाई थप प्रभाबकारी बनाउनका लागि पहिले यहाँका पाँच वटा सरकारी बिद्यालयमा बिधुतिय हाजिरी सुरु गर्न लागिएको हो । हेटौंडा उपमहाँनगरपालिकाले पहिले सुरुवातको रुपमा पहिले पाँच वटा बिद्यालयमा बिधुतिय हाजिरी संचालनमा ल्याउन लागेको हो । अहिले रजिष्टरमा मात्र बिद्यालयका शिक्षकहरुले हाजिर गर्दै आएका छन् । तर अब शिक्षक १० बजे बिद्यालयमा पुग्दा र बिद्यालयबाट निस्कदा चार बजे हाजिर गर्दा सरकारी बिद्यालयको पढाईमा थप प्रभाबकारी बनाउन सकिने भएकाले पाँच बिद्यालयबाट परिक्षणको रुपमा बिधुतिय हाजिरी सुरु गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । 

आज केही सरकारी बिद्यालयका प्रधानध्यापक र बिद्यालय ब्याबस्थापन समितिका अध्यक्षहरु संगको छलफलपछी बिद्यालयमा बिधुतीय हाजिरी सुरु गर्ने निस्कर्षमा पुगिएको हो । बैशाख १ गते देखि नै हेटौंडाको आधुनिक राष्ट्रिय माबि, भुटनदेबि माबि, शिद्धार्थ माबि, अमर माबि र बालज्योती माबिमा बिधुतीय हाजिरी सुरु गर्ने तयारी गरिएको मेयर महतले बताउनुभयो । उपमहानगरपालिकाको लगानीमा पहिले पाँच वटा बिद्यालयमा बिधुतिय हाजिरी सुरु गरिएपनि पछी गएर हेटौंडाका सबै सरकारी बिद्यालयमा बिधुतिय हाजिरी सुरु गरिने भएको हो । सरकारी बिद्यालयमा शिक्षकहरुलाई समयमानै उपस्थित भएसंगै समयसम्म बिद्यार्थीलाई पढाउनका लागि बिधुतिय हाजिरीले मद्यत गर्ने छ । 

हेटौंडाका नाम चलेका बिद्यालय बाहेक अहिले पनि सरकारी बिद्यालयमा शिक्षक उपस्थित नभईकन रजिष्टरमा हाजिर गर्ने गर्छन् भन्ने शिक्षक र अभिभाबकको गुनासो आउने गरेको छ । बिधुतीय हाजिरीले यसलाई न्युनीकरण गर्ने छ । सबै बालबालिकालाई सरकारी बिद्यालयमानै पढाउनका लागि अभिभाबकहरुलाई प्रोत्साहित गराउनका लागि यहाँका सबै सरकारी बिद्यालयमा अग्रेजी माध्यममा अनिवार्य रुपमा पढाउने बिद्यालयलाई उपमहानगरपालिकाले प्रोत्साहित समेत गर्ने भएको छ ।

अग्रेजी माध्यमकै कारण सरकारी बिद्यालयमा बिद्यार्थी बढी गराउने र निजी बिद्यालयबाट सरकारी बिद्यालयमा बिद्यार्थी तान्न सक्ने सरकारी बिद्यालयलाई आगामी शैक्षिक सत्रबाट प्रोत्साहितका कार्यक्रम ल्याईने मेयर महतले बताउनुभयो । गुणस्तरिय शिक्षा र अग्रेजी माध्यमको शिक्षा दिनकै लागि अहिले हेटौंडाका धेरैजसो अभिभाबकले आफ्ना छोरा छोरीहरु निजी बिद्यालयमा अध्यापन गराउँदै आएका छन् ।

अब निजीको सट्टामा सरकारी बिद्यालयमा पढाउने वातावरण तयार पार्नका लागि यहाँका सबै सरकारी बिद्यालयलाई गुणस्तिरिय शिक्षाका आधारमा प्रोत्साहनका कार्यक्रम ल्याउन लागिएको हो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...