सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटोंडाको पार्किङ लफडा : मउवा संघ र उपमहानगर बीच सहमति, समिति गठन

lafada-1531052847.jpg

हेटोंडाको मुख्य बजार क्षेत्र र भित्री सडकमा ट्राफिक ब्यबस्थापन गर्नका लागि हेटौंडा उपमहानगरपालिका र मकवानपुर उद्योग बाणिज्यसंघ सहमत भएका छन् ।

आज दुबै पक्षबिच भएको बार्तापछी हेटौंडाको ट्राफिक जाम समस्या  ब्यबस्थापन गर्नका लागि दुबै पक्ष सहमत भएका हुन् । हेटौंडाको मुख्य बजारको ट्राफिक ब्यबस्थापन गर्नका लागि मकवानपुर उद्योग बाणिज्यसंघ र उपमहानगरपालिकाको समिति गठन गरेर यसको निकास दिन लागिएको हो । बजार क्षेत्रको बिभीन्न सडकको पार्किङ ब्यबस्थापन गर्नका लागि उपमहानगरपालिकाका उपमेयर मिना लामाको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा हेटौंडा २ का वडाअध्यक्ष हरि राउत, हेटौंडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुली, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल, ब्याबसायी समिर डंगोल समिलीत समिति गठन गरिएको हो । यो समितिले सात दिन भित्रमा हेटौंडा बजार क्षेत्रमा सवारी पार्किङको ब्याबस्थापन गर्नका लागि प्रतिबेदन तयार गरेर उपमहानगरपालिकालाइृ बुझाउने छ । प्रतिबेदनका आधारमा हेटौंडा बजार क्षेत्रको सवारी पार्किङलाइृ ब्यबस्थापन गरिने उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । बजार क्षेत्रमा निकै भईरहेको जाम र अस्तब्यस्त बजारलाई ब्यबस्थित बनाउनका लागि साना र ठुला सवारीका साधनलाई निस्चित स्थानमा पार्किङ गर्न लागिएको मेयर महतले बताउनुभयो ।

आजको दुबै पक्षको बैठकले बजार क्षेत्रलाई ब्यबस्थित गर्नका लागि उपयुक्त स्थानमा पार्किङ गर्ने, साखा सडकमा एकतर्फि मात्र सवारीका साधन चलाउने, ठुला भारी सवारीका साधनलाई बाईपास सडकबाट पठाउने लगायतका निणयहरु गरिएको छ । उपमहानगरपालिकाको पहलमा हेटौंडाको चौकीटोल स्थित रोपवय चौरमा उत्तरी क्षेत्रमा चल्ने बस र सुमोहरुलाई पार्किङ गर्ने यसअघिनै निणय भईसकेको छ ।

आज निर्माण भएको समितिले दिएको प्रतिबेदनका आधारमा बजार क्षेत्रको ट्राफिक ब्याबस्थापन अझै मजबुद बनाईने भएको हो । हेटौंडाको रापतीरोडमा उपमहानगरपालिकाले गरेको नो पार्किङ भने यथावतनै रहेको छ । रापतीरोडमा नो पार्किङ गरिएपछी मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो । ती आन्दोलनका कार्यक्रम पनि समिति गठन भएसंगै स्थगन  भएको मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो ।

बजार ब्यबस्थापन र पार्किङलाई ब्यबस्थित बनाएपछी हेटौंडा बजारमा हुदै आएको सडक जाम पनि कम हुने अपेक्षा गरिएको छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडाका यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भए, सहयोग गरिदिन परिवारको आग्रह
bepatta-1542117630.jpg
हेटौंडा ९ निवासी २४ बर्षिय यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भएका छन् । अघिल्लो दिन राति १० बजे सुत्न गएको तर २४...
छठ पर्वले हिमाल,पहाड,तराई जोड्ने पुलको काम गरेकाे छ : मुख्यमन्त्री पौडेल
mukhyamantri-1542114867.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्वले हिमाल, पहाड, तराई जोड्ने पुलको रुपमा काम...
बृद्धभत्ता पाँच हजार पुर्याउने तयारीमा सरकार छ : मुख्यमन्त्री पौडेल
Dormani-paudel-780x405-71-1542113392.jpg
तीन नंम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले अहिलेको सरकारको कार्यकालमानै बृद्धभत्ता पाँच हजार रुपैयाँ...
हेटौंडामा छठ पर्व भव्य रुपमा मनाइदै
htd-chh-1542112777.jpg
हेटौंडाको राप्तीखोलाको बगरमा आज छटपर्ब भब्य रुपमा मनाइएको छ । राप्तीरोड देखिनै छटका अवसरमा झिलीमिली पारिएको छ...
स्थायी राजधानी हेटौंडा बनाउन प्रदेश ३ सरकारको प्रयास
hetauda-_hetaudakhabar-1542082058.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...