सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाका मुल सडकमा नो पार्किङ जायज छ : मकवानपुरे सांसद, सिडियो भन्छन् पार्किङ गर्छौं भन्नेलाई छोड्दैनौं

htd-byasta01-1531041533.jpg

तीन नंम्बर प्रदेशको राजधानी हेटौंडा भएकाले सडक जाम हुन नदिनका लागि मुल सडकमा पार्किङ गर्न रोक लगाईनु जायज भएको मकवानपुरका राजनितिक दल र स्थानिय प्रशासनले बताएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा बजारको सवारी जामलाई कमगर्नका लागि हेटौंडाको रापतिरोडमा मोटरसाईकल पार्किङ हटाइएको काम जायज भएको उनिहरुले बताएका हुन् । नेकपा मकवानपुरका नेता तथा प्रदेश सांसद मुनु सिग्देलले हेटौंडा बजारलाई ब्यबस्थित गर्नका लागि मुल सडकको पार्किङ हटाईनु जायज काम भएको बताउनुभयो । बजारलाई ब्यबिस्थत गर्न खोज्दा ब्यबसायीले अबज्ञा गर्न नमिल्ने बताउनुभयो । सबैको हितका निम्ती सडकलाई ब्यबस्थित र फराकिलो पनि हुने भएकाले यो अहिलेको काम राम्रो भएकाले मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा ब्याबसायीहरु प्रतिरोधमा उत्रनु जायज नभएको बताउनुभयो । 

नेकपाका अर्का नेता  तथा प्रदेश सांसद प्रेमबहादुर पुलामीले सडक फराकिलो पार्ने कुरामा कोही पनि दुबिधामा पर्न नहुने बताउनुभयो । राजमार्ग क्षेत्रको सडकनै भत्काएर फराकिलो पार्ने तर्फ सबै लाग्नुपर्ने बताउनुभयो । अहिलेको मोटरसाईकल पार्किङ हटाएर मात्र सडक फराकिलो नहुने भएकाले सडक फराकिलो पारेर अगाढी बढ्नुपर्ने बताउनुभयो । सबैको सल्लाह र समझादारीबाटनै यो कामलाई सफल बनाउन सकिने उहाँको भनाई छ । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले अहिले हेटौंडा शहरी एरिया अस्तब्यस्त भएकाले हाईवे सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्ने काम नाजायज भएको बताउनुभयो । बजारक्षेत्रमा हटाइएको पार्किङ कुनैपनि हालतमा कार्यनयमा ल्याईने बताउनुभयो । मुल सडक रापतीरोडमा पाकिङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेमा स्थानिय प्रशाशनले कार्बाही गर्ने बताउँदै प्रजिअ बुढाले भन्नुभयो–कुनैपनि बहानामा आन्दोलन गर्नेलाई हामीले छाड्दैनौ । कानुन अनुसार कार्बाही गर्नका लागि तयार छौ ।’  उपमहानगरपालिकाको निणयलाइृ पुर्ण रुपमा कार्यनयन गरिने उहाँको भनाइृ छ । 

नेपाली काग्रेस मकवानपुरका सभापति ईन्द्र बहादुर बानियाँले सबै ब्यबसायी र घरधनीहरुले समेत राजमार्ग क्षेत्रको सडक दायाँ बायाँ १५ मिटर सडक भत्काउनका लागि सहमत भएकाले भत्काएरनै सडक फराकिलो पारिनुपर्ने बताउनुभयो । अहिलेको अबस्थामा बर्षायामपछी सडकलाई भत्काएर बजारलाई फराकिलो र ब्यबस्थित गरिनुपर्ने बताउनुभयो । एक्कासी पार्किङ हटाउनु भन्दा पनि यसको ब्याबस्थापन गरिनुपर्ने उहाँले बताउनजुभयो । स्थानिय सरकार भएकाले ब्याबसायीको मर्म र भावना पनि बुझ्नुपर्ने उहााको भनाई छ । 

यता हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भने पार्किङलाई ब्यबस्थित गर्ने कामबाट कुनैपनि हालतमा पछाडी नहटिने बताउनुभयो । सहरमा अब्यबस्थित पार्किङ बढ््दै जाने र त्यसै छोडिदिने भन्दा पनि यसलाई ब्यबस्थित बनाउन लागिएको बताउनुभयो । बिकल्प दिएर रापतिरोडबाट हटाइएको पार्किङ कुनैपनि हालतमा फिर्ता लिएर फेरी बजारमा जाम बढाउने पक्षमा आफु नरहेको बताउनुभयो । हेटौंडालाई जाम मुक्त र ब्यबस्थित शहर बनाउन खोज्दा बिरोधमा उत्रनुको कुनै तुक नरहेको उहाँको भनाइृ छ ।

देशका ठुला सबै शहरमा बढी जाम हुने क्षेत्रमा जहाँ पायो त्यही पार्किङ गर्ने ब्याबस्था नरहेको बताउँदै उहाँले भन्नुभयो– हेटौंडाको शडक पनि साघुरो छ त्यसमाथी जहाँपायो त्यही पार्किङ गरेर सशरलाई थप अस्तब्यस्त गर्ने काम अब हुँदैन ।’ हेटौंडाको मुख्य बजार क्षेत्रको पार्किङलाई पनि बिकल्प दिएर मात्र हटाईने उहाँको भनाई छ ।  
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...