सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाका जनप्रतिनिधिको एक बर्ष : के-के भए काम ?
कबर्डहल, बिधुतीय हाजिरी, थपीएका वडामा सडक, पानी र बिजुली

000-1526454885.jpg

हेटौंडा उपमहानगरपालिकामा जनप्रतिनिधिहरु आएपछीको एक बर्षमा धेरै खालका महत्वपुर्ण कामहरुको सुरुवात भएका छन् ।

एक बर्षको अबधिमा हेटौंडाको भित्री रोडका सडकहरुलाई फराकिलो बनाउने काम संगै हरियाली बनाउने र फलैफुलले झकिझकाउ बनाउने कामको सुरुवात उपमहानगरपालिकाले गरेको छ । अब हेटौंडा बजारका सडकहरु निर्माण गर्दा फराकिलो पार्ने काम संगै सडक पेटी, नाली र फुटपाथमा फुल र रुखका बिरुवा रोप्न थालिएको छ । चिल्लो सडकमा बजारलाई थप सुन्दर बनाउनका लागि रुखका बिरुवा र फुलैफुलले सजाउने काम सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । 

उपमहानगरपालिकामा जनप्रतिनिधिहरु आएपछी कार्यालयबाट हुने सबै काम छिटो छरितो र समयमानै सक्नेगरी थालनी गरिएको छ । पहिले बैशाख महिनाबाट धेरैखालका योजनाहरु संझौता हुने र बल्ल कामको सुरुवात हुने भएपनि अहिले भने योजना निर्माणका कामहरु अन्तिम चरणमा सकिन लागिएको बताउँदै मेयर महत भन्नुहुन्छ– अधिकांश यो बर्ष गरिसक्नुपर्ने योजनाहरु सकिन लागिएको छ ।

बिशेषगरी हेटौंडाका सबै खालका खेलाडीहरुलाई ध्यानमा राखेर कबर्डहल निर्माण गरिएको छ । पहिले पाँच वटा गाबिस रहेका र अहिले हेटौंडामा गाभिएका चुरीयामाई, पदमपोखरी, हटिया ,हर्नामाडी, बसामाडी लगायतका क्षेत्रमा सामान्य तरिकाको खानेपानी, सडक, बिजुलीको समेत समस्या भएकाले त्यसक्षेत्रमा बढी केन्द्रीत भएका काम गरिएको मेयर महतले बताउनुभयो ।

त्यसक्षेत्रका नागरिकहरु ह्ेटौंडाका वासिन्दा भएर पनि पानीको समस्या, सडक, बिजुलीको समय समस्या बेहोर्नुपरेकाले त्यसक्षेत्रमा काम गरिएको हो । हामिले बिकाशका काम गर्ने बजेट यो बर्षका लागि सकिसकिएको छ । अब आउँदो आर्थिक बर्षका लागि मात्र बिकाशका बजेट खर्च गर्न सकिने छ ।’ 

 कर्मचारी अभाबको चुनौती खेप्दा खेप्दै पनि धेरै राम्रा कामहरुको सुरुवात भएको छ । उपमहानगरपालिकाले आफ्नै कार्यालयमा पहिले बिधुतीय हाजिरी सुरु गरेर अरु पाँच बिद्यालयमा र वडा कार्यालयहरुमा पनि बिस्तार गर्ने योजना बनाएको छ । धेरैखालका चुनौतीका बिचमा पनि काम गरेको अनुभव सुनाउँदै मेयर महतले अबको पाँच बर्ष भित्रमा हेटौंडालाई नमुना शहर बनाएर छोड्ने र सबै क्षेत्रका नागरिकहरु इो शहरको नमुना हेरेर काम गर्ने सम्मको बनाउने बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको कुल एक अरब ४० करोड ८१ लख १५ हजार रुपैयाँ बजेट रहेको छ । त्यस मध्यमा केन्द्रीय सरकारले एक अरब १२ करोड ७६ लाख रुपैयाँ र आन्तरीक आयको २८ करोड ५ लाख १३ हजार रुपैयाँ रहेको छ ।

यो बजेटबाट उपमहानगरपालिकाले सडक, खानेपानी, ढल लगायतको क्षेत्रमा बढी खर्च गरेको छ । उपमहानगरपालिकाले यो बर्ष सबैलाई हुनेगरी कृर्षि, पर्यटन, शिक्षा, खानेपानी, खेलकुद, सांस्कृतिक प्रबर्दन, लैङिक समानता तथा समाबेसीकरण, झोलुङगे पुल, सिंचाई, भवन तथा शहरी बिकाश, वन तथा भुसंरक्षण, फोहोरमैला ब्याबस्थापन, वडा कार्यालयहरुको भवन निर्माण, ह्युम पाईप उपलब्ध लगायतकाको क्षेत्रमा खर्च गरिएको छ ।  

यसैगरी उपमहानगरपालिकाले स्वरोजगार सिर्जना र विपन्न समुदायलाई     विकासको मूल प्रवाहमा ल्याउन गरिएको प्रयास पनि छ । कार्यालयले किशानलाई यहाँ अर्गा्निक खेती प्रवर्धन कार्यक्रम, फुल खेती प्रवर्धन, मरिंगा खेती प्रवर्धनका लागि नर्सरी स्थापना, गोठ सुधार कार्यक्रम, पशु स्वास्थ्य परीक्षण, स्थानीय कुखुरा प्रवर्धन कार्यक्रम, आइ पि. एम कृषक पाठशाला संचालन, उधम विकास तालीम सञ्चालन, विपन्न तथा जेहेन्दार विधार्थी छात्र बृत्ति सहयोग, शैक्षिक गुणस्तर सुधार कार्यक्रम, विभिन्न सीपमूलक तालीमा कार्यक्रम सञ्चालन गरिएको मेयर महतले बताउनुभयो ।


यसैगरी सहकार्य, लागु औषध विरुध्दको सचेतना स्कूल तथा समुदाय कार्यक्रमअन्धोपन निवारण स्कूल आँखा जाच कार्यक्रम र आँखाको नानीदान कार्यक्रमा सहकार्य, स्वास्थ्य शिवीर (महिलाका लागि),पूर्ण खोप घोषणा तयारी कार्य, जेष्ठ नागरिक उपचार सहयोग कार्यक्रम, एचआइभि क्षेत्र (उपचारका लागि काठमाण्डौ सम्मको एम्बुलेन्स भाडा सहयोग, संक्रमित र प्रभावित बालबालिकालाई न्यानो कपडा र शैक्षिक सहयोग, उपचार सहयोग, आयुर्बेद स्वास्थ्य प्रवर्धनका लागि समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत नो होम डेलिभरीका लागि एम्बुलेन्स भाडा, पर्व, जात्रा, उत्सव, मेला, संस्कृति संरक्षण जस्ता क्षेत्रमा मागमा आधारित कार्यक्रमा सहकार्य लगायतका कार्यक्रम पनि एक बर्षको अबधिमा गरिएको उपमहानगरपालिकाका उपमेयर मिना लामाले बताउनुभयो ।

यसैगरी क्षमता विकास तथा सशक्तिकरणका लागि मागमा आधारित कार्यक्रमा सहकार्य, सास्सकृतिक धरोहर जगेर्नाका लागि मागमा आधारित मठ, मन्दिर, गुम्बा निर्माण तथा मर्मतमा सहकार्य, सेफ हाउस सञ्चालनमा सहकार्य, विभिन्न बाकगृह, आश्रम सञ्चालन सहकार्य(मामाघर, मानव सेवा आश्रम, बालगृह), लक्षित वर्ग क्षमता विकास कार्यक्रम (दलित, जनजाती, अपांगता, महिला, मागमा आधारित),सामाजिक परिचाकनका लागि टोल विकास संस्था लगायत सामाजिक सञ्जालको क्षमता विकास, विस्तार र परिचालन कार्यक्रम, बाक क्लब गठन र परिचालन कार्यक्रम गरिएको उपमहानगरपालिकाका उपमेयर लामाले बताउनुभयो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...
सहकारीको पुँजी राष्ट्र निर्माणमा लैजानुपर्छ : मुख्यमन्त्री पौडेल
Dormani-1538842677.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पुँजीलाई राष्ट्र निर्माणमा लैजानुपर्ने बताउनुभएको छ...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...