सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाका अधिकांस इन्स्टिच्युट अबैध: समाचारलाई झुटो भन्न हतारमा संघ गठन !

truti-gathan-1531244025.jpg

विगत केही दिनदेखि मकवानपुरका संचारमाध्यमहरुमा हेटौंडाका अवैध इन्स्टिच्युटको विषयमा समाचारहरु आएपछि मकवानपुरका इन्स्टिच्युट एवं कन्सल्टेन्सीका संचालकहरुले सोमबार ‘शैक्षिक परामर्श संघ,मकवानपुर’ गठन गरेका छन् ।

केहि इन्स्टिच्युट र कन्सल्टेन्सीमा आइतबार अनुगमन भएपछी र लगतै संचार माध्यममा खबरहरु आउन थालेपछि २४ घण्टा बित्न नपाउदै शैक्षिक परामर्श संघ मकवानपुर गठन गरियो र केहि घन्टामै विज्ञप्ती पनि निकालियो । इन्स्टिच्युट र कन्सल्टेन्सी संचालकहरुले रातारात छलफल गरेर हतारमा संघ गठन गरेका थिए भने प्रेस विज्ञप्ती पनि हतारमै निकालेका थिए । संचार माध्यमहरुमा आएका समाचार बिल्कुलै झुटो हो भनी विज्ञप्तीमा लेखिएको छ ।

हतार-हतारमा शेखर थपलियाको अध्यक्षतामा गठन भएको शैक्षिक परामर्श संघ मकवानपुरले जारी गरेको प्रेस विज्ञप्तीमा त्रुटी नै त्रुटी छ । लेटरप्याडको माथि पट्टि शैक्षिक परामर्श संघ ,मकवानपुर लेखिएको छ भने तलपट्टि ‘शैक्षिक परामर्श केन्द्र,मकवानपुर’ भनी लेखिएको छ । त्यस्तै विज्ञप्तीकै अन्तिम अनुच्छेदको शुरुवातमा भनिएको छ, ‘ मकवानपुरमा दर्ता भएको र दर्ताको प्रकियामा रहेको सबै शैक्षिक परामर्श केन्द्रले हालसम्म कुनै गलत गतिविधि नगरेको ….’ । तर, अघिल्लै दिन प्रहरीले छापा मारी अबैधानिक कागजपत्र फेलापारी एकजनालाई पक्राउ गरेको थियो । यसरी हेर्दा प्रेस विज्ञप्ती जारी गर्नकै लागि शैक्षिक परामर्श संघ गठन गरिएको बुझ्न सकिन्छ ।

हेटौंडामा धेरै इन्स्टिच्युट र कन्सल्टेन्सीहरु अवैध छन् । संचार माध्यमबाट निरन्तर खबर आउन थालेपछि र जिल्ला प्रशासनले सुचना निकालेपछि केहि दर्ता प्रक्रियामा चाही गएका छन् तर शिक्षा मन्त्रालयको अनुमति केहि बाहेक कसैलेपनि लिएका छैनन् । एउटा देशमा जान परामर्श दिने भनी अनुमति लिएर थुप्रै देशको परामर्श दिने गरेका कन्सल्टेन्सीहरु पनि हेटौंडामा प्रशस्त छन् । दक्ष परामर्शदाता बिनानै यहाँका इन्स्टिच्युट र कन्सल्टेन्सीहरु खुलेआम चलिरहेका छन् ।

अबैधानिक कागजपत्र सहित पक्राउ परेका व्यक्ति  केहि घन्टामै छुटे 

अबैधानिक रुपमा लामो समयदेखि ईन्स्टिच्युट संचालन गरिरहेको भन्दै पक्राउ परेका एक ब्यक्तिलाई प्रहरीले प्रेश बिज्ञप्ती जारी गरेको केही घण्टामानै छोडिएको छ । हेटौंडा ४ स्कुलरोडमा अबैधानिक रुपमा संचालन गरिरहेको रियल युनिक कम्पुटर ईन्स्टिच्युटको संचालक हेटौँडा २ बस्ने भागवत कुमार श्रेष्ठलाइ पक्राउ गरेर प्रहरीले प्रेस बिज्ञप्ती मार्फत सार्बजननिक गरेको केही घण्टामानै छोडिदिएको हो । सबै अबैधानिक कागजपत्र सहित पक्राउ गरेको जानकारी संचार माध्यमलाइृ दिएर जिल्ला प्रशासन कार्यालयमा सार्बजनिक मुद्धा दर्ता गर्नका लागि लगिएका श्रेष्ट प्रशासनबाटनै केही घण्टामानै छुटेका हुन् ।

आफुहरुले पक्राउ गरेर प्रशासन पठाएको त्यसपछी केहीपनि थाहा नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता नरेशकुमार सिङले बताउनुभयो । कुनैपनि सार्बजनिक मुद्धा लगाउँदा पनि एक हप्तासम्म प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनेर मात्र अरुलाई छोड्ने गरिएको छ । तर श्रेष्टलाई पक्राउ गरेकै दिनमा जिल्ला प्रशाशन कार्यालयबाट छोडिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताउनुभयो । उनलाई तारेखमा छोडिएको उहाँले बताउनुभयो ।

सात दिनको म्याद दिएर म्याद सकिएपछी प्रशासन र प्रहरीले अबैध ईन्सिच्युटको अनुगमन गरेको थियो । अनुगमनबाट पक्राउ परेका श्रेष्ट अबैध कागजपत्र सहित सार्बजनिक गरिएपनि प्रशासनले छोडिदिएको हो । पक्राउ गरेर सार्बजनिक गरी प्रहरीको साथ लगाएर प्रशासन पुर्याएको ब्यक्ति कहाँ गए भन्ने कुरा थाहा नभएको प्रहरी प्रबक्ता सिङले बताउनुभयो । उता अबको केही दिनमा अनुगमन गरेर अबैध ईन्स्टिच्युटहरुलाई कार्बाही गर्ने प्रजिअ बुढाले बताउनुभयो । 
शिक्षा मन्त्रालयका अनुसार मन्त्रालयबाट स्वीकृति लिएर हेटौंडामा संचालनमा रहेका इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरु चारवटा मात्र रहेका छन् । यसरी संचालन हुनेहरुमा क्याम्ब्रिज एजुकेसन, डिग्निटी एजुकेसन, थर्ड आई एजुकेसन र नागासाकी एजुकेश्नल मात्र रहेका छन् । त्यसैगरी दर्ताको प्रक्रियामा जादै गरेका इन्स्टिच्युटहरु एचिभर एजुकेसन, मकवानपुर लिंकेज टेक्निकल एकेडेमी, हेटौडा एक्स्पर्ट एजुकेशन, ग्रेस हेटौडा, नेक्स्ट पोइन्ट एजुकेसन, जेनिथ फाउन्डेसन, मनकामना एजुकेसन, हेटौडा जापान बिजनेस, ग्लोबल लगायत रहेका छन् । यस बाहेक अरु हेटौंडामा जतिपनि इन्स्टिच्युट र कन्सल्टेन्सीहरु छन् ति नियम बिपरित र गैरकानुनी ढंगबाट संचालन भएको शिक्षा मन्त्रालयले जनाएको छ । 
अबैधानिक रुपमा संचालनमा आएका इृन्सिच्युटहरुलाई यसअघि नै जिल्ला प्रशासन कार्यालय मकवानपुरले असार १४ गते त्यस्ता एजुकेशन सेन्टरलाई अनुमति लिएर मात्र संचालन गर्न सूचना जारी गरेको थियो । यस्ता संस्थाले अबैध रुपमा शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरु खोली अध्ययन भिसामा विभिन्न देशहरुमा राम्रो काम पाउने तथा राम्रो काममा लागईदिने भनी प्रलोभन दिँदै फसाउँदै आएको प्रहरीले जनाएको छ ।

त्यस्ता संस्थाले युवायुवतीमा भ्रम छरी लाखौँ रकम असुल्ने गरेको बताइएको छ । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...