सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाका अबैध इन्स्टिच्युटमा प्रहरीको छापा, एकजना पक्राउ, संचालक अफिसनै बन्द गरेर भागे !

inssss-1531054220.jpg

हेटौंडामा संचालित अबैध इन्स्टिच्युटमा प्रहरीले छापा मारेको छ 

जिल्ला प्रशासन कार्यालय मकवानपुर जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सनोपोखराको सहकार्यमा यहाँ संचालित इन्स्टिच्युटमा आज अनुगमन गरिएको हो । यसअघि यहि असार १४ गते जिल्ला प्रशासनले ७ दिन भित्र दर्ता प्रक्रियामा जानकालागि सूचना जारी गरेको थियो सूचना जारि गरेको १० दिन पछी आज अनुगमन गरिएको हो 

तर प्रशासन र प्रहरीको अनुगमन आएपछि इन्स्टिच्युटनै बन्द गरेर संचालकहरु भागेका छन् । अनुगमन गर्दा प्राय सबैजसो इन्स्टिच्युटका संचालकले आफ्नो सस्थानै बन्द गरेर भागेको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले बताउनुभयो 

प्रहरीका अनुसार हेटौंडा ४ स्कुल रोडमा संचालित रियल युनिक कम्प्युटर एण्ड ल्याङ्ग्वेज इन्स्टिच्युटका संचालकलाई पक्राउ गरेको छ । २०७१ सालमा काठमाडौंको ब्रिलिएन्ट एजुकेसनलाई दिएको स्वीकृतिबाट यहाँ रियल युनिक संचालन गरेको पाइएकोले संचालकलाई पक्राउ गरेको एसपी गुरुङले बताउनुभयो  इन्स्टिच्युटबाट ४ वटा पासपोर्ट पनि बरामद गरिएको प्रहरीले जनाएको छ 

अन्य इन्स्टिच्युट र कन्सल्टेन्सी भने संचालक आफैले बन्द गरेर भागेको प्रहरीको भनाइ छ । बिना दर्ता र बिना स्वीकृति संचालनमा रहेका र अनुगमन हुनथालेपछी भाग्नेहरुलाई खोजि-खोजि कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  

हेटौंडामा संचालित अधिकांस इन्स्टिच्युट र कन्सल्टेन्सी अबैध रुपमा संचालित छन् ।शैक्षिक परामर्श, पुर्व तयारी कक्षा तथा शिक्षण सम्बन्धी विभिन्न गतिबिधि संचालन गर्ने २ दर्जन बढी इन्स्टिच्युटहरुले बिना दर्ता,बिना स्वीकृति गैरकानुनी रुपमा बिद्यार्थी र अभिभावकबाट चर्को शुल्क असुलुरहेका छन् । शैक्षिक परामर्श, पुर्व तयारि कक्षा तथा शिक्षण सम्बन्धी कार्य गर्ने-गराउनेले सुरुमा मूल्य अभिबृदी कर (VAT)मा दर्ता गरी दर्ता भएको ६ महिना भित्र शिक्षा मन्त्रालयमा सस्था संचालनका लागि आवेदन दिनुपर्छ ।

मन्त्रालयमा दस्तुर बुझाएपश्चात अनुगमन समितिले प्रतिवेदन लिएपछि अध्यन प्रतिवेदन अनुसार मन्त्रिस्तरीय निर्णय अनुसार सस्था संचालनका लागि स्वीकृति दिइन्छ । तर यहाँका अधिकांस इन्स्टिच्युट र कन्सल्टेन्सीले शिक्षा मन्त्रालयको नीति-नियमलाई नै लत्याउदै आफूखुसी गरिरहेका छन् । गैरकानुनी रुपमा संचालनमा आएका यस्ता इन्स्टिच्युटहरुलाई आज सम्म कुनै निकायले कारवाही गर्न सकेको छैन । 

यहाँ संचालित हरेक इन्स्टिच्युटले लोकसेवा तयारी कक्षा देखि बैक, प्रहरी, स्टाफनर्स, शिक्षक सेवा आयोग विभिन्न भाषा, TOEFL, IELTS, SAT, GRE, JLPT, GMAT लगाएतका तयारि कक्षाहरु संचालन गरिरहेका छन् । जुन यहाँका अधिकांस इन्स्टिच्युटले कानुन बिपरित, बिना स्वीकृति आफूखुसी मनलाग्दी गरिरहेका छन् । हेटौंडामा यस्ता अबैध इन्स्टिच्युट च्याउसरी छन् र यिनले राज्यलाई लुटिरहेका छन् भन्ने कुरा यहाको स्थानीय सरकार, स्थानीय प्रसाशन,पुलिस प्रशासन सबैलाई थाहा छ तर यसलाई सबैले टुलुटुलु हेरेर बसेका थिए ।

 हेटौडा खबरबाट निरन्तर यस बिषयमा खबर प्रकाशित भएपछी आज प्रहरीले छापा त मारेको छ तर खुलेआम बिद्यार्थी, अभिभावक र राज्यलाई लुट्ने इन्स्टिच्युट, कन्सल्टेन्सी र त्यसका संचालकलाई कानुनको दाएरामा ल्याएर कारवाही गर्न सक्नु पर्छ प्रशासनले ।

शिक्षा मन्त्रालयका अनुसार मन्त्रालयबाट स्वीकृति लिएर हेटौंडामा संचालनमा रहेका इन्स्टिच्युट तथा कन्सल्टेन्सी यस प्रकार छन् ।

क्याम्ब्रिज एजुकेसन, डिग्निटी एजुकेसन, थर्ड आई एजुकेसन र नागासाकी एजुकेश्नल

प्रक्रियामा जादै गरेका इन्स्टिच्युट हरु यस प्रकार छन्

एचिभर एजुकेसन,मकवानपुर लिंकेज टेक्निकल एकेडेमी,हेटौडा एक्स्पर्ट एजुकेशन,ग्रेस हेटौडा,नेक्स्ट पोइन्ट एजुकेसन,जेनिथ फाउन्डेसन,मनकामना एजुकेसन र हेटौडा जापान बिजनेस, ग्लोबल लगायत रहेका छन् । 

यस बाहेक अरु हेटौंडामा जतिपनि इन्स्टिच्युट र कन्सल्टेन्सीहरु छन् ति नियम बिपरित र गैरकानुनी ढंगबाट संचालन भएको शिक्षा मन्त्रालयले जनाएको छ 

 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...