सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडा बजारका सबै सुमो काउन्टर अब चौकीटोलमा

sumo-1535977144.jpg

 हेटौंडा उपमहानगरपालिकाले सवारीका साधनहरुलाई ब्यबस्थित गर्ने काम अनुसार आज बाट हेटौंडाका सबै टाटासुमोहरुलाई चौकीटोलको रोपवय चौरबाट संचालन गरेको छ ।

हेटौंडा बजार क्षेत्रमा बढ्दै गएको सवारीका चापलाई कमी गर्न र यात्रुहरुलाई सहज रुपमा यात्रा गर्न सजिलो गर्ने उदेस्यले हेटौंडा १ चौकीटोलमा रहेको रोपवय चौरमा साझा सुमो काउन्टर खोलेर आजबाट संचालनमा ल्याइएको हो । साझा सुमो सेवा घरको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उध्घाटन् गर्नुभयो । यहाँबाट आज देखि औपचारिक रुपमा टाटा सुमोहरु संचालन हुने भएपछी मेयर महतले आज यात्रुभरीएको सुमो रिवन काटेर काठमाण्डौ पठाउनुभयो ।

तीन नंम्बर प्रदेशको राजधानी हेटौंडामा सवारी धेरै भएपछी ब्यबस्थित ढंगले संचालनका लागि एकै स्थानबाट सबै यात्रुहरुले गन्तब्यमा जान सक्नेगरी संचालनमा ल्याइएको मेयर महतले बताउनुभयो । हेटौंडालाई शुन्दर र ब्यबस्थित शहर बनाउने अभियानका साथ यस रोपवय चौरमा नमुना बसपार्क बनाउने उहाँले बताउनुभयो । धेरै सवारीका कारण अस्तब्यस्त शहहरलाई क्रमश ब्याबस्थापन गर्दै लैजाने अभियान अनुसार काम गरिरहेको बताउँदै मेयर महतले भन्नुभयो–हेटौंडा बजारमा जताततै सवारी पार्किङ गर्ने ब्याबस्थालाई तोडेर अहिले हेटौंडाको मेनरोड, रापतिरोड, स्कुलरोड, कान्तिलोकपथलाई नो पार्किङ बनाउनु सफल भयौ । त्यसैगरी टाटा सुमोलाई पनि एकै स्थानबाट बजार क्षेत्रबाट हटाएर चौकीटोलमा ब्याबस्थापन गरेका छौ । अझै सवारी ब्याबस्थापनमा धेरै काम गर्ने हाम्रो सोच छ ।’ 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अ साझा सुमो काउन्टर संचालनमा आएसंगै यात्रुहरु ठगिने, समस्यामा पर्ने र कुनुपर्ने बाध्यताबाट अब सबैले छुट्कारा पाउने बताउनुभयो । उपमहानगरपालिकाले गरेको निणय कार्यनयन गर्नका लागि प्रशाशन लाग्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो । अबका दिनहरुमा यात्रुहरु तानातान गर्ने प्रबृतिको पनि अन्त्य भएको उहाँको भनाई छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले सवारी पार्किङ ब्याबस्थापन गर्नका लागि एक भएर लागिएको बताउनुभयो । अब टाटा सुमोहरुमा ठग्ने बिचौलीयाहरुलाई कार्बाही गरिने उहाँले बताउनुभयो । 

 तोकिएको स्थान भन्दा फरक स्थानबाट टाटा सुमो संचालन गरिएमा नियन्त्रणमा लिएर कार्बाही गरिने बताउनुभयो । कार्यक्रममा जिप समन्वय समितिका संयोजक गुन्जमान सिङले सबै टाटा सुमोहरुलाई एकै स्थानबाट संचालमा ल्याएर उपमहानगरपालिकाले अत्यन्तै राम्रो काम गरेको बताउनुभयो । हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना लामा, हेटौंडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुली, हेटौंडा २ का वडाअध्यक्ष हरि राउत, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...