सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडा आएर देउवाले भने: केपी ओली लम्पसारबादी नेता

30739806_2063175530629836-1523889997.jpg

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारबादी नेता को संज्ञा दिनुभएको छ ।

नेपाल तरुण दलले सोमबार हेटौँडामा गरेको ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री केपी ओली कहिले पनि राष्ट्रवादी नभएको बताउनुभयो । 

हिमाल पहाड र मधेशलाई मिलाउन नसक्ने नेता राष्ट्रवादी हुनै नसक्ने  र राष्ट्रवाद छ कि छैन भारत भ्रमणले प्रष्ट पारेको बताउनुभयो  । ओलीको देखावटी राष्ट्रवाद भारत पुगेर लम्पसारवादमा परिणत भएको छ, ओली नेतृत्वको सरकार देशमा आर्थिक समृद्धि र विकासतर्फ भन्दापनि अधिनायकवादको विकास गर्न उद्धत भएको छ देउवाले भन्नुभयो ।

कार्यक्रममा कांग्रेस सभापति देउवाले कांग्रेस अनुशासनहीन पार्टी बन्दै गएको पनि बताउनुभयो । पार्टीभित्र  ‘छाडातान्त्र’ हाबी भएको भन्दै आम गुटबन्दीका कारणनै चुनावमा कांग्रेसले पराजय बेहोरेको बताउनुभयो ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत, बालकृष्ण खाँड, प्रकाशशरण महत, महेन्द्र यादव, सुरेन्द्र पाण्डे, उदयशम्शेर राणा, लक्ष्मी परियार, रामकृष्ण यादव, ३ नम्बर प्रदेश कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, तरुण दलका नेताहरु, कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, नगर सभापति आनन्दराम पराजुली, तरुण जिल्ला अध्यक्ष ईश्वर पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...