सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेर्नुहोस, यसरी हुदैछ मकवानपुरका खोला दोहन, चुपचाप छ प्रसाशन

kholaaaa-1520833776.jpg

जिल्ला समन्वय समिति मकवानपुरले विकास निर्माण आयोजनाका नाममा यहाँका नबिकरण नभएका क्रसर उद्योगहरुलाई अबैधानिक तरिकाले खोला उत्खनन् गर्न दिएको छ ।

नाम विकास निर्माण आयोजनाको तर मकवानपुरका बिभीन्न खोलाबाट उत्खनन् गरिएको ढुङगा, गिट्टी वालुवा भने नबिकरण नगरिकन संचालन गरिएका क्रसर उद्योगका प्राङगनमा थुपारीएको छ । नबिकरण नभएका क्रसर उद्योगलाई सिधै उत्खनन् गर्न दिन नमिल्ने भएपनि आयोजनाका नाममा घुमाउरो बाटो अपनाएर ढुङगा, गिट्टी वालुवाको संकलन गर्न दिइएको हो ।

मकवानपुरको छिमेकी धादिङ जिल्लामा नबिकरण नगरिएका क्रसर उद्योगहरु स्थानिय प्रशाशनले बन्द गरेको छ । तर, मकवानपुरमा नबिकरण नगरिकन संचालन गरिएका क्रसर उद्योगहरु बन्द गर्नुको सट्टामा ती उद्योगहरुलाई थप प्रोत्साहित गरी जिल्ला समन्वय समिति मकवानपुर र यहाँको स्थानिय प्रशाशनले ढुङगा, गिट्टी वालुवा दिएको हो । 

नबिकरण नगरीकन संचालन गरिएका सामान्य किराना पसल पनि प्रशाशनले सिधै बन्द गरिदिने गरेको छ । तर दुईबर्ष देखि नबिकरण नभएका क्रसर उद्योगहरु सिधै बन्द गर्नुपर्ने भएपनि अझ सरकारी निकाय समन्वय समितिलेनै यी उद्योगमा ढुङगा, गिट्टी वालुवा संकलन गर्नका लागि दिएको स्थानिय वासिन्दाहरु बताउँछन् । 

विकास निर्माण गर्नका लागि सजिलो होस भनेर आयोजनाका नाममा ढुङगा, गिट्टी वालुवाको उत्खनन् गरेर संकलन गर्नका लागि दिइएको जिल्ला समन्वय अधिकारी मैनालीले बताउनुभयो । बिभीन्न आयोजनाका नाममा मकवानपुरका ६ वटा क्रसर उद्योगका प्राङगनमा अहिले ढुङगा, गिट्टी वालुवाको ठुलो चाँङ लगाइएको छ । ती मध्य एउटालाई क्रसर उद्योगकै नाममा र अरु पाँच वटालाई भने बिकाश निर्माण आयोजनाका नाममा सामाग्री दिइएको छ । 

आयोजनाका नाममा नबिकरण नभएका क्रसर उद्योगहरुले ढुङगा, गिट्टी वालुवा थुपारीएको बिषयमा एक पटक अनुगमन समितिको बैठक बसेर मात्र निणय गर्न सकिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताउनुभयो । क्रसर उद्योगले खोलामा आयोजनाका नाममा अनुगमन पनि नभएको भने होईन । प्रमुख जिल्ला अधिकारी बुढा, समन्वय अधिकारी मैनाली, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिकाशराज खनाल लगायतको अनुगमन समितिमा रहेको टिमले पनि अनुगमन पनि पटक पटक गरेको छ । तर, क्रसर उद्योगमा थुपारीएका सामाग्रीका बिषयमा तीनै कार्यालयका प्रतिनिधिहरु मौन छन् ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...