सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar

गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा

marttttt-1519200733.gif
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ले निर्देशन दिएका छन् । 

यातायात सेवा बन्द गर्ने यातायात व्यवसायीलाई पक्राउ गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई निर्देशन दिएका हुन्  ।

आवश्यक सेवा ऐन २०१४ को दफा (३)को उपदफा (१) बमोजिम अत्यावश्यक सेवा (यातायात) क्षेत्रमा हड्ताल गर्ने व्यवसायीलाई पक्राउ गरि मुद्दा चलाउन गृहमन्त्री बादलले निर्देशन दिएका हुन् ।

यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा आफुहरु यातायात समितिलाई कारवाही गर्ने तयारीमा रहेको बताएका छन् । मकवानपुरको यातायात ठप्प छ, के कारवाही गर्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा, उनले भने- हामी कारवाहीको तयारीमा छौ भोलि सम्ममा थाहापाउनुहुन्छ, ।

सिन्डिकेटधारी यातायात व्यवसायीहरुको पूर्व योजनाअनुसार शुक्रबार सार्वजनिक यातायात ठप्प पारेका छन् । लामो दुरीका यातायात बिहिबारदेखि नै बन्द गरेका व्यवसायीले शुक्रबार देशभरका यातायात ठप्प पारेका हुन् ।

मकवानपुरमा पनि यसको असर परेको छ । हेटौँडाबाट पुर्वि मकवानपुरको बागमती, बकैया, उत्तरी मकवानपुरको थाहा नगरपालिका, भीमफेदी, इन्द्र सरोबर, पश्चिम मकवानपुरको मनहरी लगाएत सबै रुटमा आज सवारी-साधन ठप्प छन् ।   

 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
ban-1522313319.jpg
satguru-1517999642.gif

ताजा खबर सबै

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का
mihm-1527084917.jpg
हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले...
हेटौंडाबाट सय लिटर घरेलु मदिरा नियन्त्रण
madira-2075-02-09-1527079132.jpg
मकवानपुरका बिभीन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय...
लागूऔषध गाजा सहित हेटौंडाबाट २ जना पक्राउ
gggg-1527079000.jpg
लागूऔषध गाजा सहित हेटौंडा १५ रातोमाटेबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...
हेटौंडा आएर लालबाबु पण्डीतले भने : 'चिन्ता नगर्नुस चाहिए जती कर्मचारी पठाउछौ'
30AADDFC-F84C-47B0-B075-3-1527007784.png
संघिय मामिला मन्त्री लालबाबु पण्डीतले यही जेठ महिना सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुर्याईसक्ने...
कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत
haribol2-1527007168.JPG
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द
band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज...
2.
गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थ...
3.
गृहमन्त्रीको निर्देशन लगत्तै हेटौंडाबाट ३ जना यातायात व्यवसायी पक्राउ
newwwwww-1525420404.jpg

सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले...
4.
हेटौंडाबाट घाईते मृग सहित ३ जना पक्राउ
123-1526029806.jpg

हेटौंडाबाट प्रहरीले घाइते मृग सहित ३ जनालाई पराउ गरेको छ । बिहिबार राती ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
5.
आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३...