सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का

mihm-1527084917.jpg

हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले बिद्यार्थीहरुको पहिलो ब्याचको बार्षिक परिक्षाफल तथा  सर्टि्फिकेट वितरण गरेको छ ।

बुधबार हेटौडामा एक कार्यक्रमको आयोजना गरि पहिलो ब्याचका १७ जना बिध्यार्थिलाई इन्टरनापा कलेज साइप्रसको सहकार्यमा सर्टि्फिकेट वितरण गरिएको हो । कार्यक्रममा ४ जना उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार समेत दिइएको थियो कार्यक्रममा बोल्दै हेटौडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरन बहादुर जोशीले हेटौडामा कुकिङ कोर्षको कक्षाहरु संचालनमा आउनु निकै खुसीको कुरो भएको बताउनुभयो । १ बर्ष अघि सम्म पनि खाना पकाउन पनि पढ्नु पर्छ ? भन्ने अभिभावक अहिले भने आफैले प्राविधिक शिक्षा  तर्फ लाग्न सल्लाह दिनेगरेको उहाले बताउनुभयो ।

कार्यक्रममा एम.आई.एच.एमका निर्देशक छविलाल पाण्डेले अब आफुहरुले विद्यार्थीलाई मात्र नभई घर बस्ने गृहिणीमहिलाका लागिपनि विभिन्न कोर्षहरुको व्यवस्था गरिने बताउनुभयो । पुरन बहादुर जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एम.आई.एच.एम हेटौडाका संचालक शिशिर सुवेदी, सत्कार लुइँटेल, विवेक दाहाल, सीइओ सागर पौड्याल लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।

एम.आई.एच.एम हेटौडाले इन्टरनापा कलेज साइप्रसको सहकार्यमा त्यहाको सिलेवसमा यहाका बिध्यार्थिहरु अध्यापन गराईरहेको छ । एम.आई.एच.एमले विद्यार्थीकालागि जागिरको ग्यारेन्टीसाथ कक्षा संचालन गर्दै आइरहेका छन् । आज पास आउट भएका बिद्यार्थीको विभिन्न तारे होटलमा जागिर पक्का भैसकेको पनि एम.आई.एच.एमका संचालक शिशिर सुवेदीले जानकारी दिए ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...
सहकारीको पुँजी राष्ट्र निर्माणमा लैजानुपर्छ : मुख्यमन्त्री पौडेल
Dormani-1538842677.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पुँजीलाई राष्ट्र निर्माणमा लैजानुपर्ने बताउनुभएको छ...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...