सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित

Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरद्वारा आयोजित विद्यालयस्तरीय क्रिकेट प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका उनलाई आधा दर्जन संघसंस्थाले सम्मान गरेको हो ।
हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, मकवानपुर बहुमुखी क्याम्पस, मदन भण्डारी स्पोर्टस् एकेडेमी, मकवानपुर क्रिकेट एशोसिएसन, तासिर ईङ्गलिस सेकेण्डरी बोडिङ्ग स्कूल, नवोदय शिशु सदन लगायतले उनलाई सम्मान गरेका थिए ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले उनलाई सम्मान स्वरुप एक लाखको चेक प्रदान गरे । मदन भण्डारी स्पोर्टस् एकेडेमीले विद्यालयस्तरीय क्रिकेट प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले क्रिकेटर लामिछानेको प्रशंसा गरे । क्रिकेटर लामिछानेले सरकारसँग क्रिकेट क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

नेपाली कम्यूनिष्ट पार्टी(नेकपा)का नेता श्रीधर पोखरेलको बिशेष आतिथ्य रहेको कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरका अध्यक्ष नीरज सिंह ठकुरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य तथा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, उद्योगी अरुणराज सुमार्गी, राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मदन भण्डारी फाउण्डेशनका कार्यवाहक अध्यक्ष आशाकाजी श्रेष्ठ, हेटौंडा ७ का वडा अध्यक्ष राजन थापा, मकवानपुर क्रिकेट एशोसिएसनका पूर्व अध्यक्ष बासुलाल श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । त्यस्तै, मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पनि लामिछानेलाई सम्मान गरेको छ । क्याम्पसका कार्यबाहक अध्यक्ष अनन्त पौडेलले उनलाई खादा ओडाएर सम्मान पत्र प्रदान गरेका थिए ।

त्यस्तै, मकवानपुर क्रिकेट एशोसिएसनले पनि क्रिकेटर लामिछानेलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको थियो ।

यसैबिच, हेटौंडाकै तासिर ईङ्गलिस सेकेण्डरी बोडिङ्ग स्कूल र नवोदय शिशु सदनले पनि चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई स्वागत् सम्मान गरेका थिए । क्रिकेटर लामिछानेसँग फोटो खिचाउन उनी पुगेको क्याम्पसहरु र विद्यालयहरुमा बिद्यार्थीको भिड नै लागेको थियो ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...