सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar

बैदेशिक रोजगारमा गएका मकवानपुरका ३० जनाले ज्यान गुमाए

marttttt-1519200733.gif
mkwnpr-1526450210.jpg

मानवी बानियाँ :- रोजगारीको खोजीमा विदेशिने युवाको संख्या ठूलो छ ।

रोजगारीका सिलसिलामा गाह्रो-साह्रो भन्न नपाउने तथा  असुरक्षित र कडा शारीरिक परिश्रमले विदेशमा ज्यान गुमाउने कामदारको संंख्या त्यतिकै ठूलो छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार यहाँ २ वर्ष अवधिमा ३० जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका व्यक्तिको परिवारले क्षतिपूर्ति पाइसकेको कार्यालयले जनाएको छ ।

आव २०७३-०७४ मा १३ जनाको मृत्यु भएकोमा मृतक परिवारले कुल ३९ लाख १२ हजार क्षतिपूर्ति पाएका छन् । थाहानगरका कामीसिं गोलेको परिवारले सबभन्दा बढी २९ लाख एक हजार क्षतिपूर्ति पाएको कार्यालयका लेखा अधिकृत अर्जुन ढकालले जानकारी दिए । आव २०७४-०७५ को हालसम्म १७ जनाको मृत्यु भएको छ भने मृतक परिवारले १८ लाख ४६ हजार क्षतिपूर्ति पाएको ढकालले बताए । मृत्यु हुनेमा अधिकांश २५ वर्षदेखि ४५ वर्षसम्मका हुने गरेका ढकालले जानकारी दिए ।

नेपालमा रोजगारीको समुचित अवस्था नभएकाले युवा विदेशी भूमिमा जान बाध्य छन् । कतिपय युवा शिक्षाअनुसार रोजगारी नपाउ“दा विदेशिन बाध्य छन् । बिकट ठाउ“का युवा जनचेतना अभाव र आफ्नो आर्थिक अवस्था सुधार  गरी परिवारलाई खुशी दिन सुनौलो सपना बोकी विदेशी भूमिमा पसिना बगाउने गर्छन् । कतिपयले सपना पूरा गर्छन्, कतिपयको भने अलिक खुशी पनि लुटिएका उदाहरण छन् ।

वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधिभित्र कुनै कारण मृत्यु भए मृतक कामदारको नजिकको हकवालाले क्षतिपूर्ति पाउने व्यवस्था रहेको कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा रह“दा दुर्घटना तथा भवितव्य मृत्यु भएका व्यक्तिका लागि कम्पनीले क्षतिपूर्ति बापत् रकम प्रशासनमार्फत् हकदारलाई उपलब्ध गराउने गर्दछ । कम्पनीको वर्गीकरण, बीमा, मृत्युको कारण, कानुनी उपचारलगायतले क्षतिपूर्ति रकम फरक आउने गरेको छ ।

मुलुकमा व्याप्त बेरोजगारी तथा आर्थिक समस्या समाधान गर्न युवा आफ्नो र परिवारको सुन्दर भविष्यको सपना बोकेर वैदेशिक रोजगारीमा जाने गर्दछन् । तर, वैदेशिक रोजगारीमा गएका सबैको सपना साकार हुन्छ भन्ने हुन्न । त्रिभुवन विमानस्थलमा दैनिक आउने सरदर ३ वटा शव तिनै सपनाहरु कफिनमा बन्द भएर आइपुग्ने गरेको छ । यसले निम्त्याएको सामाजिक मूल्य चर्को र पीडादायी छ ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
ban-1522313319.jpg
satguru-1517999642.gif

ताजा खबर सबै

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का
mihm-1527084917.jpg
हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले...
हेटौंडाबाट सय लिटर घरेलु मदिरा नियन्त्रण
madira-2075-02-09-1527079132.jpg
मकवानपुरका बिभीन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय...
लागूऔषध गाजा सहित हेटौंडाबाट २ जना पक्राउ
gggg-1527079000.jpg
लागूऔषध गाजा सहित हेटौंडा १५ रातोमाटेबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...
हेटौंडा आएर लालबाबु पण्डीतले भने : 'चिन्ता नगर्नुस चाहिए जती कर्मचारी पठाउछौ'
30AADDFC-F84C-47B0-B075-3-1527007784.png
संघिय मामिला मन्त्री लालबाबु पण्डीतले यही जेठ महिना सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुर्याईसक्ने...
कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत
haribol2-1527007168.JPG
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द
band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज...
2.
गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थ...
3.
गृहमन्त्रीको निर्देशन लगत्तै हेटौंडाबाट ३ जना यातायात व्यवसायी पक्राउ
newwwwww-1525420404.jpg

सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले...
4.
हेटौंडाबाट घाईते मृग सहित ३ जना पक्राउ
123-1526029806.jpg

हेटौंडाबाट प्रहरीले घाइते मृग सहित ३ जनालाई पराउ गरेको छ । बिहिबार राती ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
5.
आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३...