सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hetauda-city-clz-1527162866.gif

२०८५ बैशाख १ गतेबाट हेटौंडा,चितवन,काठमाडौंमा तेलबाट चल्ने गाडी पूर्ण प्रतिबन्ध !

marttttt-1519200733.gif
123-1527857133.jpg

प्रदेश नम्बर ३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

हेटौँडामा आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोईरालाले नीति तथा कार्यक्रम संसदमा पेश गर्नुभएको हो । प्रदेश नं. ३ को सरकारले विक्रम संम्बत.२०८५ बैशाख १ गतेदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतिमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाइने योजना अघि सारेको छ ।

तीन नंम्बर प्रदेशले आज आउँदो आर्थिक बर्षका लागि प्रस्तुत गरेको निति तथा कार्यक्रममा प्रदेश चक्रपथमा रामेछाप–दोलखा–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली–काभ्रे सम्म जोड्ने तयारी छ । “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने नाराका  साथ आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम तयार पारिएको हो । तीन नंम्बर प्रदेशले निति तथा कार्यक्रममा महत्वपुर्ण योजनाहरुलाई समेटिएको छ । हेटौंडा– काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत भिमफेदी देखि कुलेखानी सम्मको सुरुङ मार्ग निर्माण, हेटौंडा अस्पताललाई स्तरबृद्धी गर्ने काम, दाईजो रहित बिवाहलाई पनि बढी प्राथमिकता दिइएको छ । 

यसैगरी हेटौंडा–फाखेल–फर्पिङ सडक, भिमफेदी–कुलेखानी सुरुङ्ग खण्ड, काठमाडौं साँखु–फट्केश्वर सुरुङ्ग मार्ग निर्माणलाई प्राथमिकता दिइ संघसँग समन्वय गरी कार्र्य अगाडि वढाइने मुख्यमन्त्री डोरमणी पौडेलले बताउनुभयो । यो प्रदेशलाई दाइजोरहित प्रदेश बनाउन सबै जनप्रतिनिधि एवं राष्ट्रसेवकले दाइजो नलिने नदिने नीति अवलम्वन गरिने तयारी छ । 

प्रदेशमा बालश्रमलाई पूर्ण निषेध गरिने तयारी पनि सरकारको छ । अर्को महत्वपुर्ण कार्यक्रमको रुपमा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरी नसर्ने रोगको जोखिम न्यूनिकरण गरी जनताको स्वास्थ्य अधिकार सुनिश्चित गरिने मुख्यमन्त्री डोरमणी पौडेलले बताउनुभयो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

अब रहेनन् डा. उपेन्द्र देवकोटा
dr-1529330587.jpg
एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको...
जाँदाजाँदै एसपी श्रेष्ठले भने : दुखमन छैन, ...फेरी म जस्तो किन चाहियो नि !
sp-saruwa-1529329518.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । एसपी श्रेष्ठ...
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
प्रदेश ३ : सांसद्लाई बसोबास र यातायातको व्यवस्था गर्न जनसरोकार केन्द्रको माग
20-1529258523.jpg
जनसरोकार केन्द्र मकवानपुरले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नुपर्ने माग गरेको छ । प्रदेश ३...
अब हेटौंडामा २४ सै घण्टा एटिएम सेवा, धन्यवाद शिद्धार्थ बैंक
atm-sewa-1529254735.jpg
शिद्धार्थ बैंक हेटौंडाले २४ सै घण्टा एटिएम सेवा दिन सुरु गरेको छ । हेटौंडामा एक दर्जन भन्दा बढी बैंकहरु...

लोकप्रिय खबर

1.
हेटौंडामा 'मकवानपुर साझा यातायात' संचालन हुदै, सहचालक महिला !
sajha-1528974762.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र बस संचालन हुने भएको छ । मकवानपुर साझा यातायात प्रालिले यहि असार २ गतेबाट...
2.
हेटौंडामा आजदेखि 'साझा बस' चल्यो, मेयर र एसपी चडाएर गरियो उद्घाटन
sajhaa-1529142173.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ ।  हेटौंडा उपमहानगरपालिकासँगको...
3.
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
4.
प्रदेश ३ सरकारको योजना- 'घर-घरमा जनताको उपचार देखि बाल बिवाहको अन्त्य' तर चुनौती कति ?
samajik-1528807891.jpg

तीन नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुद र युवाको क्षेत्रमा महत्वपुर्ण काम...
5.
हराएको मोबाईल पत्ता लगाएर बुझायो मकवानपुर प्रहरीले
Capture-1527854244.JPG

हराएको मोबाईल पत्ता लगाएर मकवानपुर प्रहरीले मोबाईल धनिहरुलाई बुझाईएको छ । हेटौडामा ८ कमाने बस्ने सोम बहादुर...