सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती...

30421941_1021352600573866-1523327147.jpg

अनुप पौडेल-: बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती बनेको छ । आर्थिक उन्नती बैंकमा पुँजी अभाव हुने पनि दुई कारण छन् ।

चक्रिय प्रभाव र वित्तिय संस्थाको चलाखी, चक्रिय प्रभावका कारण ब्याजदर कम भएको बेला डिपोजिट पनि कम हुन्छ, डिपोजिट कम भएको बेला लगानी कम हुन्छ । लगानी कम भयो भने ब्याजदर बढ्न थाल्छ । ब्याजदर बढेपछि फेरि डिपोजिट बढ्छ । यस्तो खालको यो चक्रिय कारणले पनि बैंकमा कहिलेकाँही पुँजी अभाव हुनजान्छ । यस्तै बैंक तथा वित्तिय संस्थाले आफ्नो सजिलो बाटो मात्र हेर्दैआए । सजिला ठाउँहरुमा उच्च लगानी गर्ने उनीहरुको चलाखी छ ।

निक्षेप परिचालन गर्ने सन्दर्भमा विशेष खालको रणनीति नअपनाएको हुनाले पछिल्लो समय अप्ठ्यारो परिसकेपछि मात्र निक्षेप परिचालनका लागि अनेक किसिमका हतकण्डा अपनाउन थाले । यस्तो कुरामा राष्ट्र बैंकले पनि संवेदनशील भएर कदम चाल्नुपर्ने थियो । तर चुकिराखेको अवस्था छ ।

सेयर बजारलाई सबैभन्दा ठूलो समस्या बैंकको ब्याजदरले पारेको छ । अर्थमन्त्री खतिवडाले बिदेशी पुँजी ल्याएर तरलता समस्या समाधान गर्ने बताएका छन् । अहिले शोधानान्तर साढे ६ अर्ब रुपैयाँले घाटामा छ । देशबाट बाहिरिने रकम बढेपछि जहिलेपनि यहाँ बैंकमा पैसाको हाहाकार हुन्छ । यसलाई सम्बोधन गर्ने प्रयास गरिने अर्थमन्त्री घोषणा छ । जसले बैंकमा पैसा आउँछ ब्याजदरलाई घटाउने छ ।

यसको फाइदा सेयर बजारलाई नै हुने हो । अर्थतन्त्रमा सबैभन्दा ठूलामहत्व विश्वास र मान्छेको मनोविज्ञानले राख्छ । बजार व्याजदर र बैंकको तरलता समस्या समाधानमा तत्काल जानुपर्छ । याे समस्याको मुख्य कारण घरजग्गा र शेयरबजारमा भएको लगानीकाेबाट सोचो बनाहेको जती प्रतिफल प्राप्त नभएकोले र पुनर्चक्रम कमजाेर भएकोले परेको हुनसक्ने एक दरिलो कारण हो । याे समस्यालार्इ व्याजदरमा प्रभावले राहत पुग्नसक्छ । पूजीबजारमाहाल २०८ कम्पनीहरू सूचीकृर् रहेर्ापर्न र्ीमध्ये ७५ प्रतिशत कारोबारमा वविीय सस्थाहरूको अंश ८१ प्रतिशत रहेको छ।

त्यसैगरी जलबिद्युत क्षेत्रको कारोबारको अंश ५ प्रतिशत, उद्योगको ३ प्रतिशत र होटलको २ प्रतिशत मार रहेको छ। यसले पूजीबजारमा उत्पादन क्षरे का कम्पनीहरूको उपस्थथर्र् ज्यादै न्यून रहेको रहस्य उजागर गर्दछ । अर्थतन्त्रमा साधन परिचालन गलत पूजी बजार सशि माध्यम भएर पनि बजार हाल धरापमा रहेको छ।  पूजी बजार कारोवारमा यथार्थ सुचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमि खासगरी साना लगानी कर्ताहरूमा शयेर लगानी सम्बन्धी ज्ञानको कमीले शयेर मूलय मापन गर्ने नगर्ने सूचकाङ्कमा उच्चदरको उतारचढाव आउने गरेको छ। नयाँ सरकारका लागि मुख्य चुनौती बनेको छ, आर्थिक उन्नती । आर्थिक उन्नतिका लागि धेरै चुनौती छन् ।

आर्थिक अवस्था धरापमा छ, मुख्य चुनाैती भनेकाे पूँजीगत खर्च बढाउनु, उत्पादन, उत्पादकत्व बढाउनु, अनि पूँजी निर्माण गर्नु हो । त्यसको लागि पैसा होइन अहिले हाम्रो खर्च गर्ने क्षमता र काम गर्ने जाँगर बढाउनु जरूरी छ । समय सबैभन्दा ठूलाे पूँजी हाे, सदुपयाेग जरूरी छ । मान्छेको मर्मत संभार (मानवपूँजी विकास) जरूरी छ । औद्योगिक योगदान बढाउनु अनि कृषिको औद्योगिक रुपान्तरण जरुरी छ । पैसा नभएरमात्र अर्थतन्त्र पछाडि परेको हाेइन, खर्च गर्नुपर्ने ठाउँमा नगरेर या खर्च नभएर देश पछि परेको हाे ।

विकास गर्ने क्षमता भएको भए सरकारले हरेक वर्ष छुट्याउने गरेको पूँजीगत खर्च किन अत्यन्तै कम भएको ?

अनुप पौडेल प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलका स्वकिय सचिब हुन् ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...