सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

बागेश्वरी महिलाको १० औं साधारण सभा

Capture-1538841974.JPG

हेटौंडा ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्षिक साधारण सभा शनिबार भएको छ ।

हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतको प्रमुख अतिथ्य तथा सहकारीकी अध्यक्ष शर्मिला श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । एक हजार नौ सय २७ जना शेयर सदस्य रहेको सहकारीले गत आर्थिक बर्ष २०७४÷७५ सम्म सात करोड ५४ लाख ३१ हजार रुपैंया रुपैंया बचत र आठ करोड ८३ लाख ६६ हजार रुपैंया ऋण लगानी गर्न सफल भएको जनाएको छ ।कार्यक्रममा सहकारीकी अध्यक्ष श्रेष्ठले संस्थाको प्रतिवेदन, सचिव अनिता खतिवडाले गत आर्थिक बर्ष २०७४÷७५ को बार्षिक प्रगति प्रतिबेदन तथा आर्थिक बर्ष २०७५÷७६ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष आशा अर्यालले आर्थिक बर्ष २०७४÷७५ को बार्षिक आर्थिक प्रतिबेदन तथा आर्थिक बर्ष २०७५÷७६ को अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

साधारण सभाको अवसरमा सहकारीले विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा नियममित बचतकर्ता ३ जना, असल ऋणी २ जना, सफल व्यवसायी ३ जना, उत्कृष्ट बचतकर्ता ३ जना, शिक्षा बचत गर्ने ३ जना, खुक्रुके बचत गर्ने ३ जना र बचत ननिकाल्ने १ जना रहेका छन् । सहकारीमा आवद्ध रहेका सबै जेष्ठ शेयर सदस्यलाई समेत सहकारीले साधारण सभाको अवसरमा सम्मान गरेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा अध्यक्ष गोकर्णप्रसाद पराजुली, जिल्ला सहकारी संघ मकवानपुरका कृष्ण राई, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी सचिव कल्पना श्रेष्ठ, संस्थापक अध्यक्ष लक्ष्मी विडारी, नवयुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमप्रसाद पौडेल, टोल विकास नगर समन्वय समिति हेटौंडाका सचिव देवकुमार श्रेष्ठ, सहसताब्दी बचत तथा ऋण सहकारीका अध्यक्ष दिनेश विडारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...