सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

अटो-मयुरीलाई हेटौंडाकाे मुख्य बजार प्रवेशमा रोक लगाउने उपमहानगरपालिकाको निर्णय

rok-1535983860.jpg

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले अटो-मयुरीहरुको ब्यबस्थापन गर्ने निर्णय गरेको छ ।

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित गर्ने कार्यक्रम अनुसार अब अटो मयुरीहरुलाई पनि ब्यबस्थापन गर्न लागिएको हो । अटो मयुरीलाई मुख्य बजार क्षेत्रमा प्रबेश गर्न नदिने गरी निणय गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । आज मात्रै टाटासुमोहरुलाई एकत्रित रुपमा बजार क्षेत्रबाट हटाएर चौकीटोलमा ब्यबस्थापन गरेको उपमहानगरपालिकाले अटो मयुरीहरुलाई पनि बजार क्षेत्र प्रबेशमा रोक लगाउन लागेको हो । 

अटो मयुरीहरुलाई हेटौंडाको मेनरोडमा सिमाचोक देखि पिपलबोट सम्म, रापतीरोडमा एती ड्रग हाउस देखि बुद्धचोक हुँदै कान्तिलोकपथको ओम भवन सम्म तीन पाङग्रे अटो, मयुरीहरुलाई छिर्नै नदिने निर्णय भएको उपमहानगरपालिकाका यातायात समितिका संयोजक गोकर्ण पराजुलीले बताउनुभयो । बिशेषगरी बुद्धचोक वरपरका क्षेत्रमा बढी अस्तब्यस्तताका कारण तीन पाङग्रे सवारीका साधनलाई पनि ब्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो ।

अटो, मयुरीहरु धेरैनै भएकाले यसको ब्याबस्थापन गर्न लागिएको मेयर महतकोे भनाई छ । सबै अटो मयुरीहरु तोकिएको कागजपत्र सहित उपमहानगरपालिकामा आएर स्टिकर लिनका लागि आवहान भएसंगै अब ब्याबस्थापन पनि गर्न पनि लागिएका छ  । पहिले हेटौंडाको मुख्य बजार क्षेत्रमा नो पार्किङ गर्न सफल भएको उपमहानगरपालिकाले आजबाट हेटौंडा बजार क्षेत्रका सबै टाटा सुमो काउन्टरहरुलाई हटाएर चौकीटोलमा रहेको रोपवय चौरबाट साझा घरबाट संचालनमा ल्याए संगै अटो, मयुरीहरुलाई पनि थप ब्यबस्थित गर्न लागिएको छ ।

 हेटौंडा बजार क्षेत्रमा बिशेषगरी मेनरोड, कान्तिलोकपथ, बसपार्क लगायतका क्षेत्रमा टाटा सुमो काउन्टर संचालन गरेर बजार क्षेत्रमा अस्तब्यस्त रुपमा टाटासुमोहरु रोकेर यात्रु हाल्ने र ओरार्ने गर्दा बजारमा जाम समेत हुने गरेको थियो । त्यही समस्यालाई मध्यनजर गरेर साझा सुमो घर संचालनमा ल्याएको केही दिनमानै अब हेटौंडामा अटो मयुरीहरुलाई थप ब्याबस्थापन गर्न लागिएको छ ।

अटोहरुका कारण बजार क्षेत्रमा अस्त ब्यस्त भएपछी अब मुख्य बजार क्षेत्रमा अटो, मयुरीहरुलाई छिर्न नदिनेगरी तयारी थालिएको उपमहनगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...