सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hetauda-city-clz-1527162866.gif

४० अर्बको बजेट ल्याउँदै ३ नंम्बर प्रदेश सरकार, भिमफेदी-कुलेखानी सुरुङमार्ग मुख्य प्राथमिकता
२४ अर्ब कर संकलन गर्ने लक्ष्य

marttttt-1519200733.gif
bajet-4-1528730065.jpg

तीन नंम्बर प्रदेशको सरकारले असार एक गते ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

तीन नंम्बर प्रदेशका नयाँ र गर्नुपर्ने खालका बिकासका योजनाहरुलाई समेट्दै ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी थालेको हो । संघिय सरकारले यस प्रदेश सरकारका लागि १६ अर्ब रुपैयाँ पठाउने र यस प्रदेशको राजस्व २४ अर्ब संकलन गर्ने लक्ष्यका साथ ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागेको तीन नंम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो । यस प्रदेशमा राजस्व त २४ अर्ब भन्दा माथीने संकलन गर्ने लक्ष रहेको बताउँदै उहाँले भन्नुभयो–अहिले अनुमान गरेर करिब ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागिएको हो । 

 राजस्वलाई पनि हामिले यही प्रदेशमा मात्र तीस अर्ब भन्दा बढी संकलन गनृ सक्छौ । त्यसका श्रोतहरु प्नि पहिल्याएका छौ ।’ तीन नंमबर प्रदेशमा सबै भन्दा बढी यातायात कर, ढुङगा, गिट्टी वालुवाको कर, मनोरंजन कर, घरबहाल कर संकलन गर्ने लक्ष लिएको उहाँले बताउनुभयो । यस प्रदेशको सरकारले सबै भन्दा बढी महत्वको हेटौंडा काठमाडौंको छोटो दुरीको मार्गलाई अझै छोटो बनाउनका लागि भिमफेदी, कुलेखानी सुरुङमार्ग बनाउने तयारी गरेको छ ।

त्यसलाई बढी प्राथमिकताका साथ बजेट छुट्याएको आर्थिक मामिला मन्त्री ढुंगेलले बताउनुभयो । यसैगरी पाँचखाल काठमाण्डौ सुरुङ मार्गका लागि पनि प्रदेश सरकारले बजेट छुट्याएको छ । आउँदो बजेटमा यस प्रदेशका १३ वटै जिल्लामा किशानको उत्पादन किशानको हातमा भन्ने नाराका साथ कोल्डस्टोर निर्माण गर्ने सरकारको लक्षका साथ बजेट छुट्याइएको छ । 

 कोल्ड स्टोर नहुदा किशानले उत्पादन गरेको तरकारी, फलफुल बिचौलीयाले होल्ड गरेर फेरी उपभोक्ताको ढाड सेक्नेगरी महगोमा बिक्री गर्न नसकोस भन्ने उदेस्यका साथ बजेट छुट्यायएको उहाँले बताउनुभयो । अहिले केन्द्रीय सरकार र स्थानिय सरकारले उठाउन नसकेको घरबहाल कर भने अब प्रदेश सरकारले कडाईका साथ संकलन गर्ने लक्ष लिएको छ । १३ वटै जिल्लामा प्राबिधीक शिक्षाबाट नागरिकलाई स्वरोजगार बनाउने तयारी थालिएको उहाँको भनाई छ ।

प्रदेश सरकारको भवन निर्माणका लागि पनि सरकारले आबस्यक बजेट छुट्याउने तयारी थालेको छ । सरकारले बिधुत उत्पादनका क्षेत्रमा, काठमाण्डौमा मोनोरेल संचालनका लागि बजेट छुट्याएको बताइएको छ ।  १३ वटै जिल्लालाई सडक संजालले जोड्ने लक्षका साथ बजेट ल्याउने तयारी भएको छ । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

अब रहेनन् डा. उपेन्द्र देवकोटा
dr-1529330587.jpg
एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको...
जाँदाजाँदै एसपी श्रेष्ठले भने : दुखमन छैन, ...फेरी म जस्तो किन चाहियो नि !
sp-saruwa-1529329518.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । एसपी श्रेष्ठ...
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
प्रदेश ३ : सांसद्लाई बसोबास र यातायातको व्यवस्था गर्न जनसरोकार केन्द्रको माग
20-1529258523.jpg
जनसरोकार केन्द्र मकवानपुरले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नुपर्ने माग गरेको छ । प्रदेश ३...
अब हेटौंडामा २४ सै घण्टा एटिएम सेवा, धन्यवाद शिद्धार्थ बैंक
atm-sewa-1529254735.jpg
शिद्धार्थ बैंक हेटौंडाले २४ सै घण्टा एटिएम सेवा दिन सुरु गरेको छ । हेटौंडामा एक दर्जन भन्दा बढी बैंकहरु...

लोकप्रिय खबर

1.
हेटौंडामा 'मकवानपुर साझा यातायात' संचालन हुदै, सहचालक महिला !
sajha-1528974762.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र बस संचालन हुने भएको छ । मकवानपुर साझा यातायात प्रालिले यहि असार २ गतेबाट...
2.
हेटौंडामा आजदेखि 'साझा बस' चल्यो, मेयर र एसपी चडाएर गरियो उद्घाटन
sajhaa-1529142173.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ ।  हेटौंडा उपमहानगरपालिकासँगको...
3.
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
4.
प्रदेश ३ सरकारको योजना- 'घर-घरमा जनताको उपचार देखि बाल बिवाहको अन्त्य' तर चुनौती कति ?
samajik-1528807891.jpg

तीन नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुद र युवाको क्षेत्रमा महत्वपुर्ण काम...
5.
हराएको मोबाईल पत्ता लगाएर बुझायो मकवानपुर प्रहरीले
Capture-1527854244.JPG

हराएको मोबाईल पत्ता लगाएर मकवानपुर प्रहरीले मोबाईल धनिहरुलाई बुझाईएको छ । हेटौडामा ८ कमाने बस्ने सोम बहादुर...