सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

अपराधी पक्राउ गर्न सरकारले ध्यान दिनुपर्ने भन्दै हेटौँडामा हस्ताक्षर संकलन

43176156_260028731522715_-1538755882.jpg

बलात्कार तथा एसिड आक्रमण निन्दनीय अपराध भएको र राज्यले यस्ता अपराधीलाई पक्राउ गर्न ध्यान दिनुपर्ने भन्दै हेटौँडामा हस्ताक्षर संकलन गरिएको छ ।

आज बिहानबाट हेटौँडाको बुद्धचौकमा पीडित सहितको उपस्थितीमा हस्ताक्षर संकलन सुरु भएको हो । संकलन भएको हस्ताक्षर सरकारलाई बुझाउने उदेश्यले कार्यक्रमको आयोजना भएको हो । कार्यक्रमको बारेमा जानकारी दिँदै कार्यक्रम संयोजक तथा एसिड आक्रमणबाट सिकार भएकी हेटौँडाकी विन्दावासिनि कंशाकारले सरकारले यस्ता अपराधिलाई पक्राउ गर्न चासो नदेखाएकोले दवावको कार्यक्रमहरु गर्नुपरेको बताईन् । आफुमाथि एसिड आक्रमण भएको ५ वर्ष ६ महिना भैसक्दा समेत अपराधीलाई पक्राउ गर्न नसक्नु सरकारको लापरबाही भएको भन्दै उनले सरकारले यस्ता अपराधिलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न सरकारलाई आग्रह गरेकी छिन् ।

२०६९ सालमा एसिड आक्रमणबाट पिडित भएकी कंशाकारले एसिड बेच्न समेत बन्द गर्न माग गरेकि छिन् । उनले एसिड आक्रमणकारीलाई समेत एसिड प्रहार गरेर सजाँय दिनुपर्ने बताईन् । कार्यक्रमको लागि काठमाण्डौँबाट हेटौँडा आएकी सिमा बस्नेतले तीनवर्ष अघि आफुहरुमाथि सामान्य रिसिबी तथा एकातर्फी प्रेमको कारण एक ब्यक्तिले एसिड आक्रमण गरेको बताईन् । खबरब्रेकलाई प्रतिक्रिया दिँदै अर्की एसिड आक्रमणकी सिकार भएकी संगिता मगरले यस्ता अपराधिलाई कारबाही गर्न कडा भन्दा कडा कारबाही गर्न माग गरेकी छिन् । आफुहरुमाथि एसिड आक्रमण भएको यो घटना प्रतिनिधिमात्र रहेको भन्दै उनीहरुले यस्ता अपराधिलाई कडाभन्दा कडा कारबाही, जन्मकैद लगाएतको सजाय हुनुपर्ने उनीहरुको भनाई रहेको छ । १० वर्षको कैदलाई जन्मकैद गर्नलाई सरकारसँग माग गरेका छन् ।

१० वर्षपछि जेलबाट बाहिर आएका उक्त आक्रमणकारीले आफुहरुलाई फेरिपनि हिंसा गर्दैन भन्ने ग्यारेन्टी नरहेको भन्दै उनले आफुहरुको शरिरको सुरक्षाको जिम्मा कस्ले लिने भन्दै प्रश्न गरेका छन् । आफुहरुलाई एसिड आक्रमण गर्ने जीवन विकले जेलबाट बाहिर निस्केपछि समेत आक्रमण गर्ने धम्की दिएको उनले बताए । उसलाई अपराध गरेको कुनै पश्चताप नगरेको भन्दै उनीहरुले ज्यान सुरक्षाको निमित्त सरकारसँग माग समेत गरेका छन् ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...