सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द

band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज प्रशासनले बन्द गराएको छ ।

हेटौंडा ११ थानाभर्यांङमा अबैधानिक कर संकलन गर्दै देशैभरीको धेरै यातायात ब्याबसायीहरु आबद्ध भएको संस्था नारायणी यातायात ब्यवसायी संघले तौलपुल संचालन गर्दै आएको थियो । त्यो तौलपुल आजैबाट प्रहरी लगाएर बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमीत्त प्रहरी प्रमुख दिलीपराज झाले बताउनुभयो । बषैअघिदेखि अबैधानिक तरिकाले कर संकलन गर्दै आएको र सिण्डिकेटका पक्षमा रहेका यातायात ब्याबसायीलाई तौलपुल संचालन गर्न नदिनेगरी बन्द गरिएको हो । 

यो तौलपुलमा दैनिक २ हजार ५ सय सम्म ट्रकको ईन्ट्री गरेर तौलीने काम संचालन भएको थियो । त्यसबापत महासमिति शुल्क भनेर एउटा ट्रकबाट एक सय दश रुपैयाँ, समिति शुल्क भनेर एक सय रुपैयाँ र तौल शुल्कबाट २५ रुपैयाँ गरी प्रतिट्रक २ सय ३५ रुपैयाँ संकलन गरिदै आएको यातायात ब्याबसायीहरु बताउँछन् ।

यो अबैधानिक तरिकाले सिण्डिकेटका पक्षमा लाग्ने नारायणी यातायात ब्याबसायीले कर संकलन गरेपछी आजेबाट बन्द गरिएको झाले बताउनुभयो । ट्रकका सामान तौल गरेबापत नारायणी यातायात ब्याबसायी संघले एकै दिनमा ५ लाख ८७ हजार रुपैयाँ सम्म संकलन गरेको छ ।

समितिले बिभीन्न बहानामा कर संकलन गर्न नपाउने हुँदा हुँदै पनि कर संकलन गरिएकाले बन्द गरिएको छ । तौलपुलमा अहिले प्रशाशनले आफ्ना प्रहरी तैनाथ गरिएको छ ।

यसअघि पनि यो तौलपुलमा अबैधानिक तरिकाले गरिएको कर संकलनका बिषयमा उजुरी परेपनि मकवानपुर प्रशासनले कुनै पनि कदम चालेको थिएन । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

प्रदेश ३ को बैठक : चार विधेयक सर्वसम्मतिबाट पारित
pradesh-3-1534525725.jpg
प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो...
कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई मुख्यमन्त्रीको यस्तो चेतावनी
Chief-minister-paudel-808-1534524117.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई कारवाही गरिने बताउनुभएको छ ।...
हेटौंडामा अबैध रुपमा गिट्टी-बालुवा ओसार्ने ३ वटा ट्याक्टरलाई कारवाही
2-56-1534522380.jpg
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) ओसार्ने ३ वटा ट्याक्टरलाई प्रहरीले कारवाही गरेको...
मुलुकी देवानी र फौजदारी संहिता एबं न्यायीक समितिको अवधारणा बिषयक अनुशिक्षण कार्यक्रम हेटौंडामा
samita-1534520740.jpg
हेटौंडा उपमहानगरपालिका न्यायीक समितिकोे आयोजनामा मुलुकी देवानी संहिता र फौजदारी संहिता एबं न्यायीक समितिको...
कानुन कार्यनयनमा जोड दिऔं : मुख्यमन्त्री
Dormani-Paudel-2-735x400-1534519745.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब मुलुकका निम्ती कानुनको अभाब नभएकाले यसको कार्यनयनका लागि...

लोकप्रिय खबर

1.
हेटौंडामा १० बर्षिया बालिका जबरजस्ती करणीको सिकार !
ilustrasi.net_-1532622722.jpg

हेटौंडामा १० बर्षिया एक बालिका जवरजस्ती करणीको सिकार भएकी छिन् । बुधबार राति साढे ११ बजे हेटौंडा २ संगमचोक...
2.
मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ
2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।...
3.
हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी
om-1533703639.JPG

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । केहि समय अघिदेखि हलमा चारै तिरबाट आगोको मुस्लो निस्किएको छ । ...
4.
हेटौंडा-पथलैया सडकखण्डको आधाभार नजिक सडक दुर्घटना, १ जनाको ज्यान गयो
00-1532504642.jpg

पुर्व-पश्च्छिम राजमार्गको हेटौंडा-पथलैया सडकखण्ड अन्तर्गत पर्ने आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक...
5.
ओम्याक्स हलको आगलागी नियन्त्रणमा आयो
omax-1533710297.jpg

हेटौंडाको सुविधा सम्पन्न सिनेमा हल 'ओम्याक्स सिनेमा हल'मा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा...