सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
पहिलो दिन ८ सवारी कारवाहीमा

radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै हुनुहुन्छ भने सावधान ! तपाईँलाई ट्राफिक प्रहरीले राडर गन तेर्स्याउन सक्छ ।

जिल्ला ट्राफिक प्रहरी मकवानपुरले बुधबारबाट तीब्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन (गति मापन यन्त्र) को प्रयोग गरी कारवाही गर्न थालेको छ । प्रहरीले सडक छेउमा बसेर राडर गन मार्फत गुडिरहेको गाडी कुन गतिमा गुडेको छ पत्ता लगाउन थालेको हो ।

त्रिभुवन राजपथ, कान्तिराज पथ तथा पुर्व-पच्छिम राजमार्गमा तिब्र गतिमा सवारी चलाउनेलाई चालककै अगाढी प्रमाण सहित कारवाही गर्नकालागी प्रदेश ३ कार्यालयबाट राडर गन मगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो ।

बजार क्षेत्रमा प्रतिघण्टा २० देखि २५ किलोमिटर मात्र गुड्न सकिने सडकमा प्रतिघण्टा चालिस किमीसम्म गुडाउने र ४० किमीको सडकमा निकै तिब्र गतिमा सवारीसाधन दौडाउन थालेपछि राडर गन प्रयोग गरिएको ट्राफिकको भनाइ छ ।

पहिलो दिन ८ सवारी कारवाहीमा 

ट्राफिक प्रहरीले राडर गन प्रयोग गरेको पहिलो दिननै हेटौडामा ८ वटा सवारी साधन कारवाहीमा परेका छन् । बुधबार बस्तीपुर, चौकीटोल र कान्तिराजपथमा प्रहरीले राडर गन तेर्साएको थियो । बस्तीपुरमा ४ वटा, चौकीटोलमा २ वटा र कान्तिराजपथमा २ वटा सवारीका साधन कारवाहीमा परेको प्रहरीले जनाएको छ । 

अनावस्यक बत्तीहरु निकाल्दै प्रहरी 

केहिदिन यता ट्राफिकले सवारीसाधनमा राखिएका अनावस्यक बत्तीहरु पनि निकाल्न थालेको छ । विभिन्न स्थानमा प्रहरी बसी आफैले बत्ति निकाल्दै कारवाही गर्दै आइरहेको छ । अनावस्यक बत्ति जोडेर  बाल्ने गरेकाले दुर्घटना बढ्दै गएको र त्यस्ता सवारीलाई ५०० देखि १५०० सम्म जरिवाना तिराइने मकवानपुर ट्राफिक प्रहरीले बताएको छ ।

ठुलो आवाजमा मोटरसाइकल कुदाउन नपाइने 

त्यस्तै अब देखि हेटौडा बजार वरपर अन्य व्यक्तिलाई असर पुग्ने गरि ठुलो आवाजमा मोटरसाइकल हुइकाउन पनि नपाइने भएको छ । ओर्जिनल आवाज बिगारेर जसले मोटरसाइकलको आवाज ठुलो बनाउछ उसको साइलेन्सर पाइप नै झिकिदिने र परिवर्तन गर्न लगाउईने ट्राफिक प्रमुख ठाकुर बताउनुहुन्छ । पछिल्लो समय बिशेष गरी युवाहरुले बुलेट मोटरसाइकलको आवाज परिवर्तन गराउने गरेका छन् । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...