सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar

आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?

marttttt-1519200733.gif
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३ मिनेटसम्म औशी तिथी रहने र त्यसपछि  अधिक जेष्ठ शुक्लपक्ष सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन ।

अन्य महिनामा २ पक्ष मात्र भएपनि मलमास अबधिभर ४ पक्ष रहन्छ । यो अबधिमा अधिक जेष्ठ शुक्ल पक्ष, शुद्ध जेष्ठ शुक्ल पक्ष, शुद्ध जेष्ठ कृष्ण पक्ष र अधिक जेष्ठ कृष्ण पक्ष गरी ४ पक्ष हुन्छ ।  अधिकमास यही जेठको ३० गते बुधबार राति २ बजेसम्म रहन्छ ।   मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ । मलमासमा कामना गरेर गर्ने बिबाह, ब्रतबन्ध, रुद्री, सप्ताह गर्ने , गृह प्रबेश गर्ने लगायतका काम्यक कर्म गर्न नहुने पण्डित माधब प्रसाद शर्माले बताए ।

विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने धर्मग्रन्थमा उल्लेख गरिएकाले नवविवाहिताले मलमास बार्नुपर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
 
नबबिबाहिता दम्पत्तिलाई माइतिमा बोलाएर पुरुषोत्तम नारायण र लक्ष्मीका रुपमा छोरी ज्वाईलाई मालपुवा दान दिने चलन छ ।   यो समयमा कहिलै नगएका मन्दिरमा जान नहुने र  तिर्थाटन गर्न नहुने पनि उनले बताए ।  यसो गरेमा अशुभ फल प्राप्त हुनेछ ।  

काम्यक कर्म अन्र्तगत पोखरी खन्ने , इनार खन्ने जस्ता कार्य पनि गर्न हुदैन ।  नित्यकर्म र नैमित्य कर्म भने यो समयमा गर्न हुने प्रा. डा. गौतमले स्पष्ट पारेका छन् ।  दैनिक रूपमा गरिने स्नान, ध्यान, सन्ध्या,तुलसी पुजा,हवन ,दुर्गा पुजा लगायतका नित्य कर्म गर्न मलमासको समयमा गर्न हुन्छ।

यसैगरी,अकस्मात आइपर्ने मृत्युका काज किरिया कर्म , न्वारन  जस्ता नैमित्य कर्म गर्न पनि कुनै छेकथुन नहुने अध्यक्ष गौतमले बताएका छन  ।  गौतमका अनुसार सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि मलमास पर्छ । सौर्यमानअन्तर्गत ३६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्ने उनले बताए ।

यसरी ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रुपमा रहन्छ । किंवदन्तीअनुसार अन्य समयमा १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
ban-1522313319.jpg
satguru-1517999642.gif

ताजा खबर सबै

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का
mihm-1527084917.jpg
हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले...
हेटौंडाबाट सय लिटर घरेलु मदिरा नियन्त्रण
madira-2075-02-09-1527079132.jpg
मकवानपुरका बिभीन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय...
लागूऔषध गाजा सहित हेटौंडाबाट २ जना पक्राउ
gggg-1527079000.jpg
लागूऔषध गाजा सहित हेटौंडा १५ रातोमाटेबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...
हेटौंडा आएर लालबाबु पण्डीतले भने : 'चिन्ता नगर्नुस चाहिए जती कर्मचारी पठाउछौ'
30AADDFC-F84C-47B0-B075-3-1527007784.png
संघिय मामिला मन्त्री लालबाबु पण्डीतले यही जेठ महिना सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुर्याईसक्ने...
कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत
haribol2-1527007168.JPG
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द
band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज...
2.
गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थ...
3.
गृहमन्त्रीको निर्देशन लगत्तै हेटौंडाबाट ३ जना यातायात व्यवसायी पक्राउ
newwwwww-1525420404.jpg

सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले...
4.
हेटौंडाबाट घाईते मृग सहित ३ जना पक्राउ
123-1526029806.jpg

हेटौंडाबाट प्रहरीले घाइते मृग सहित ३ जनालाई पराउ गरेको छ । बिहिबार राती ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
5.
आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३...