सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन

dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।

 मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र महेन्द्र राना मगर मिलेर हेटौडा १० टिसिएन रोडमा 'हेटौडा दोहोरी साँझ' संचालनमा ल्याएका हुन । करिव ६५ लाखको लागतमा संचालनमा ल्याईएको दोहोरी साँझको बिहिबार साझ हेटौंडा उपमहानगरपालिका वडा न. १० का वडाध्यक्ष् किताब सिङ् घलानले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

दोहोरी साँझको उद्घाटन गर्दै वडाध्यक्ष् घलानले हेटौडामा दोहोरी साझ खोलिनु राम्रो कुरो भएको बताउनुभयो । यहाका स्थानीयलाई कामको थकान मेट्न र मनोरंजन संगै दोहोरीमा रमाउन अब सजिलो भएको तर हो-हल्ला र झैँ-झगडाको अवस्था सृजना हुन नदिनको लागी संचालकलाई उहाले आग्रह पनि गर्नुभयो ।

नेपालि कला सस्कृति जोगाउदै मनोरन्जनका साथै लुकेका प्रतिभा उजागर गर्न आफुहरुले हेटौडामा दोहोरि साझ संचालनमा ल्याएको दोहोरी साँझका प्रमुख प्रकाश गौतमले बताउनुभयो । साझ ६ बजेदेखि राति १२ बजे सम्म संचालन हुने दोहोरी साझमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिने गौतमले बताउनुभयो ।

आवस्यक तर चुनौती

कामबाट तनाव मुक्त हुन र लोक-संगीतको मज्जा लिन प्राय मानिस दोहोरी धाउने गर्छन् । प्रदेश ३ को राजधानी हेटौंडा, तर यहाँ दोहोरी साझ थिएन, आजबाट दोहोरी साझ  संचालनमा आएको छ । त्यो राम्रो कुरो हो ।

तर यहाँ चुनौती पनि उत्तिकै छ । किनकि दोहोरी साझ भन्ने बितिकै रमाइलो गर्ने, महिला पुरुष ठट्टा गर्ने,रक्सी पिउने, नशामा मात्ने, हो-हल्ला गर्ने ठाउँ भनि धेरैले मानिसले परिभाषित गर्ने गरेका छन् ।  तर 'दोहोरी साझ'लाई साच्चै दोहोरी साझ बनाउने हो भने, यो ठाउँ साथि-भाई , परिवार संगै बसी लोक-संगीतको आनन्द लिदै मनोरंजन गर्ने ठाउँ हो । अब हेटौडेलीले पनि आफ्नै स्थानमा 'दोहोरी साझ'को मज्जा लिन पाउने भएका छन्, यो सबैका लागि खुसीको कुरो हो ।

 काठमाण्डौको कुरा गर्नुपर्दा 'दोहोरी साझ'मा मदिरा सेवनगरी लठ्ठीएर ग्राहकहरुवीच झगडा गर्ने र अपराध बढ्ने गरेको प्रहरीलेको तथ्यांक छ । कर्मचारी तथा युवतीको विषयलाई लिएर कतिपय ग्राहकहरुले अभद्र व्यवहार गर्ने गालीगलौज गर्ने थुप्रै भेटिन्छन् । तर हेटौंडाको हकमा भने त्यो अवस्था नआउला किनकी बजार क्षेत्र सानो, सुरक्षा व्यवस्था मजबुद आदी विविध कारणले हेटौंडा शान्त छ ।

जे होस् प्रदेश ३ को राजधानी हेटौंडामा दोहोरी साझ खुलेको छ, कामबाट तनाव मुक्त हुन चाहनेले , लोक पारखीहरुले 'हेटौंडा दोहोरी साझ'मा गएर आनन्द संग दोहोरीको मज्जा लिन पाउन् ।

 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...