सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी

due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको बताउनुभएको छ ।

आज उपमहानगरपालिकाले गरेको पत्रकार समेलनमा बोल्दै मेयर महतले देशैभरीमा नमुना कामको रुपमा साना खालका घर निर्माण गर्ने नागरिकलाई निशुल्क नक्सा बनाईदिन सुरु गरिएको बताउनुभयो । अहिले सम्म यो अभियानमा ४ सय वटा निबेदन परिसकेको उहाँले बताउनुभयो । त्यसैगरी उपमहानगरपालिकाकै पहलमा हेटौंडा अस्पतालमा निशुल्क रुपमा मृगौला डायलासिस गर्नका लागि काम सुरु गर्न लागिएको बताउनुभयो । 

उपमहानगरपालिका, हेटौंडा अस्पताल संगको सहकार्यमा मृगौला डायलासिसका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाउनका लागि यो अभियान सुरु गरिएको बताउनुभयो । त्यसैगरी हेटौंडाको बसपार्क पुरानो समेत भएकाले यसका लागि ठुलो सुन्दर र भ्युटावर सहितको निर्माण गरिने मेयर महतले बताउनुभयो । हेटौंडामा कुनैपनि प्रकारका मेला महोत्सव गरेर पैसा बिदेसिनु भन्दा पनि स्वदेसी उत्पादनलाई प्रर्बर्दन गर्नेगरी मात्र मेला महोत्स गर्न दिईने उहाँले बताउनुभयो । उपमहानगरपालिकाले दुई दर्जन बिभीन्न खालका सिफारिसमा निशुल्क रुपमा गरेको बताउँदै मेयर महतले भन्नुभयो–धेरै खालका सिफारिहरु हामिहरुले निशुल्क रुपमा गरेका छौ । तर ढुङगा, गिट्टी, वालुवामा प्रदेश सरकारले करमा बृद्धी गरेर स्थानिय तह बदनाम भएको छ । तपाईहरुको कलमबाट यो कर घटाउन अभियान चलाउनुस ।’ 

जनप्रतिनिधि आएपछी हेटौंडा उपमहनागरपालिकाले धेरैखालका महत्वपुर्ण काम गरेको उहाँको दावी छ । उपमहानगरपालिकाले निर्माण गरेका धेरै सडकहरु फराकिलो, चिल्लो र फुलैफुल र फलफुल लगाउने काम जारी राखेको उहाँले बताउनुभयो । एक बर्षको अबधिमा हेटौंडाको कबर्डहल निर्माण गरेर धेरै खालका खेलकुदहरु त्यस स्थानमा गर्नका लागि डेड करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको बताउनुभयो । उपमहानगरपालिकाले एक बर्षको अबधिमा टाटा सुमो ब्याबस्थापन, मोटरसाईकल पार्किङ ब्याबस्थापन, कान्तिलोकपथमा रोड डिभाईडर, बृक्षारोपण तथा सडक पेटिमा पुस्प बगैचा निर्माण लगायतका महत्वपुर्ण कामहरु गरिएको मेयर महतको भनाई छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...