सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मकवानपुर अदुवा तथा कृषि उपज प्रशोधन उद्योगको विषयमा छलफल

mcciii-1499697525.jpg

मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा केही समय पछि मकवानपुरको हेटौंडामा सञ्चालन हुन गईरहेको मकवानपुर अदुवा तथा कृषि उपज प्रशोधन उद्योगको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा एक जिल्ला एक उत्पादन कार्यक्रमका संयोजक गुणनिधि तिवारीले मकवानपुरमा जस्तै सरकारको अनुदानमा रहेका उद्योग सञ्चालनका लागि व्यवहारिक तथा कानुनी प्रकृयाका सम्बन्धमा आगामी दिनमा महासंघले गर्नुपर्ने भूमिकाको विषयमा सञ्चालकहरुसँग छलफलका लागि मकवानपुर आएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा नेपाल सरकारको एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत मकवानपुरलाई अदुवा उत्पादनमा आत्म निर्भर बनाउने अभिप्रायले उद्योग सञ्चालनमा आउन लागेको संघका अध्यक्ष राजकुमार न्योपानेले बताएका छन् ।  
छलफल कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरको यस अदुवा प्रशोधन उद्योग नेपालकै नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफल कार्यक्रममा कार्यक्रम अधिकृत अरुण श्रेष्ठले एक जिल्ला एक उत्पादनको उद्देश्यमा सहभागीहरुको जिज्ञासाको समाधान गरेका थिए ।

छलफल कार्यक्रममा प्रशोधन उद्योगका अध्यक्ष उत्तम शर्मा ढकाल, संघका महासचिव महेन्द्र राउत, अदुवा उत्पादक संघ मकवानपुरका अध्यक्ष गोपाल गौतम, प्रशोधन उद्योगका सञ्चालक चिरञ्जिवी कुँवर, प्रकाश ढकाल, राजेन्द्र थोकर, क्षेत्र बहादुर थिङ्ग, संघका कार्यक्रम अधिकृत देवराज पन्त लगायतको सहभागिता रहेको थियो । सरकारको समेत अनुदान गरी करीब ५ करोड बराबरको लगानीमा आउँदो आर्थिक बर्ष भित्र संघको अगुवाईमा हेटौंडा औद्योगिक क्षेत्रमा अदुवा प्रशोधन उद्योग सञ्चालनमा आउने बताईएको छ भने संघकै पहलमा मकवानपुरको उत्तरी क्षेत्रमा एक गाउँ एक उत्पादन अन्तर्गत किवी उत्पादन हुदै आएको छ । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...