सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मकवानपुरको 'चित्लाङ', हरियाली । आकर्षक । मनमोहक । साँच्चिकै स्वर्ग

राजन रुचाल, काठमाडौं 

गोरखाका राजा पृथ्वी नारायण शाह मकवानपुर जाँदै थिए । चन्द्रागिरीबाट देखे रमणिय उपत्यका । र त्यसलाई आफ्नो बनाउने इच्छा बनाए । तयारी गरे । केहि वर्षपछि काठमान्डु उपत्यका बिजयी मात्र गरेनन्, समग्र देशको एकिकरण समेत गरे । उ बेला झैं चन्द्रागिरी डाँडाबाट काठमान्डु उपत्यका रमणिय देखिन्न । दूई सय ५० वर्ष अगाडीको काठमान्डु र अहिलेको काठमान्डुमा आकाश जमिनको फरक छ । तर चन्द्रागिरीबाट देखिने चित्लाङ । अहिले पनि उस्तै छ । हरियाली । मनमोहक । साँच्चिकै आकर्षक । घुम्न लायकको ठाउँ ।

 

त्यहि बेला बनेको योजना साकार हुन समय लाग्यो । झण्डै ६ महिना । वर्षात् ऋतुको प्रारम्भको बेला । मौसम गर्मीको । तर दिनभर घामपानी घामपानी । बिहानको ६ बजे स्टार्ट भएको मोटरबाईक । दक्षिणकाली बाटो फाखेल, कुलेखानी हुँदै चित्लाङ पुग्दा ११ बजेको थियो ।

बाईक रोकिने बित्तिकै आँखाहरु चित्लाङको दृश्यमा नाँच्न थाले । चारैतिर हरियाली । पाखै हरियो । आँखै हरियो । काठमान्डु जस्तो च्याउ सरी घर थिएनन् । बरु थिए च्याउका टनेल । प्रशस्तै । कतै बन्दा र काउलीले छपक्कै ढाकिएका खेत । कतै किसानलाई आलु खन्ने चटारो । घरमा मान्छेहरु भेट्नै मुस्किल । खेत खेतमा किसान । घरहरु सुनसान् ।

तीन तिर उभिएका हरिया पहाड । बीचमा चिटिक्क परेको उपत्यका । ७० वर्ष अघिसम्म यो ठाउँको सान बेग्लै थियो । राजधानीलाई तराई जोड्ने मूख्य पैदल मार्ग । राजा महाराजा हिंड्ने बाटो पनि यहि । हात्ती घोंडाका लस्कर । अहिले पनि चित्लाङमा हात्तीसार भन्ने ठाउँ छ । केहि वर्ष अघिसम्म घोंडा बाँध्ने तबेला पनि थियो । नुन्, तेल, लत्ता कपडा हरचिज चित्लाङमै बास बसेर राजधानी भित्रिन्थे । राजादेखि राणासम्म, व्यापारी देखि भरियासम्मको बास पनि चित्लाङमै हुन्थ्यो । लिच्छिवी कालदेखि नै काठमान्डुलाई तराई जोड्न बाटो चित्लाङकै काखमा थियो ।

 

चित्लाङ प्राचीन गाउँ हो । यहाँ नेवार बाहुन, क्षेत्री र तामाङ जातीका मानिस बसोबास छ । चित्लाङका बारेमा रोचक र ऐतिहासिक सन्दर्भ छन् । त्यहाँ भेटिएका बुढापाका इतिहाँसको महिमा गाउँछन् । तर सुनेको जति मात्रै । कति कुरा त उनिहरुले पनि बिर्सन थालीसके ।

 

केहि पाका मानिसको भनाई मान्ने हो भने, चित्लाङ राजा अंशु बर्माले गोठालाहरुलाई उपहारमा दिएको गाउँ हो । यस कुरालाई पुष्टि गर्ने केहि आधार पनि छ । यहाँ गोपालीहरुको पनि बसोबास छ । उनिहरु आफुलाई ग्लावा (गोठालो) मान्छन् । वि.सं. २०२८ सालमा नापी हुनुपूर्व उनिहरुको थर ग्वाला नै थियो ।

द्वापर युगमा सप्तऋषिहरुले नुहाउने सप्तश्री धारा पनि चित्लाङमै छ । वि.सं. ३ सय १६ मा सम्राट अशोकद्वारा निर्मित अशोक चैत्य पनि यहाँको मूख्य आकर्षण हो । हरेक फागु पूर्णिमाको दिन मेला लाग्ने डाँडो छ । भालेबास डाँडो । जसलाई भगवान शिव मानेर पुजिन्छ ।

 

इतिहाँस कोट्याउँदै जाँदा थाहा भयो । महाकवी लक्ष्मी प्रसाद देवकोटाको चर्चित ‘यात्री’ कविता चित्लाङकै काखमा लेखिएको थियो । पशुपति दर्शनमा आएका भारतिय तिर्थ यात्रीहरु थकित देखेर । देवकोटा लेख्नुभएको थियो, “कुन मन्दिरमा जान्छौ यात्री” । 

 राजन रुचाल, सामुदायिक सूचना नेटवर्क CIN मा कार्यरत हुनुहुन्छ 

IMG_3541-1507651659.JPG
सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...