सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

पोलियो थोपा अभियान अवरुद्ध गर्ने १८ स्वास्थ्यकर्मी निलम्बित

स्वस्थ्य-1488762851.png

स्वास्थ्य मन्त्रालयले पोलियो थोपा अभियान अवरुद्ध गरेको अभियोगमा तीन जिल्ला स्वास्थ्य प्रमुख सहित १८ जनालाई आइतबार निलम्बन गरेको छ। निलम्बनमा पर्नेमा सिरहा, सप्तरी र धनुषाका प्रमुखहरु क्रमशः दयाशंकर लाल कर्ण, नागेन्द्र चौधरी र सच्चितानन्द देव छन्।

सरकारले सञ्चालन गरेको अत्यावश्यकीय र सम्वेदनशील पोलियो खोप कार्यक्रममा अवरोध गरेको, स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गरेर सेवा प्रवाह रोकेको, पदीय जिम्मेवारीअनुसार काम नगरेको र सामाजिक सञ्जालमार्फत् उत्तेजनात्मक अभिव्यक्ति दिएर उच्छृङ्खल गतिविधिलाई प्रोत्साहन गरेको भन्दै मन्त्रालयले निलम्बन गरेको हो। निलम्बित कर्मचारीलाई तीन दिनभित्र प्रष्टिकरण पेश गर्न भनेको छ । आजको नया पत्रिका दैनिकमा खबर छ |

‘स्वास्थ्य सेवा ऐन तथा नियमावलीअनुसार निलम्बन गरेको हो’, स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले भने, ‘पोलियो थोपाजस्तो सम्वेदनशील विषयलाई गैरजिम्मेवारीपूर्ण अवरुद्ध गर्ने कर्मचारीलाई कानुन बमोजिम कारवाही दायरामा ल्याउने क्रम सुरु गरिएको हो।’

निलम्बनमा पर्ने स्वास्थ्यकर्मी
१. सिराहाका प्रमुख दयशंकार लाल कर्ण (प्रमुख सिराहा)
२. नागेन्द्र चौधरी (निमित्त प्रमुख सप्तरी)
३. सच्चितानन्द देव (निमित्त प्रमुख धनुषा)

निलम्बित अन्य स्वास्थ्यकर्मी
१. छेदीप्रसाद (तथ्यांक अधिकृत, सप्तरी)
२. राजकुमार थापा (कोल्ड चेन सहायक पाँचौं)
३. सुरेन्द्रराज जोशी अहेब (कपिलवस्तु)
४. विष्णुबहादुर क्षेत्री (कपिलवस्तु)
५. वीरेन्द्रकुमार मिश्र (कपिलवस्तु)
६. पृथ्वीचन्द्र भगत (सुनसरी)
७. महेश पोखरेल (सुनसरी)
८. अनिलकुमार पाण्डे (पर्सा)
९. राजेशप्रसाद रौनियार (पर्सा)
१०. शेषराज दाहाल (भक्तपुर)
११. देवनारायण साहू (सुनसरी)
१२. टोपबहादुर थापा (अहेब काठमाडौं)
१३. वासुदेव पोखरेल (सल्यान)
१४. रमेश कार्की (मोरङ)
१५. सञ्जय कुमार काफ्ले (मोरङ)

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...