सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

देशको समृद्धिका लागि उत्पादन र आर्थिक विकासमा जोड दिनु पर्छ :सहसंयोजक सोब

durga-sob-naya-shakti-1482842965.jpg

हेटौडा खबर,पौष १२ /

नया“ शक्ति पार्टी नेपालकी केन्द्रीय सहसंयोजक दूर्गा सोबले देशको समृद्धि र आत्मनिर्भरताको लागि उत्पादन र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएकी छन् । मंगलबार हेटौंडामा भएको महिलाको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै केन्द्रीय सहसंयोजक सोबले हरेक घरको महिला कुनै न कुनै उत्पादनमा जोडिए उत्पीडन र हिंसामा समेत कमी आउने दाबी गरिन् ।   

 ‘हरेक घरका कम्तीमा एक जना महिलाले पशुपालन, कृषि, घरेलु उत्पादनलगायतका काम गरी आर्थिक उत्पादन गर्न सके परनिर्भरता घट्छ,’ उनले भनिन् –‘पार्टीमा संगठित भएर भाषण गरेर मात्र अघि बढि“दैन, राजनीतिको साथमा आर्थिक रुपमा सबल हुने काम पनि गर्नुप¥यो ।’ महिलालाई सशक्त बनाउन पुरुषले समेत साथ दिनुपर्नेमा उनको जोड थियो ।

महिलाहरु घर र चुलोचौकोमा मात्र सीमित नभई राजनीतिको साथै आर्थिक आयआर्जनको काममा लाग्न आफ्नो पार्टीले महिलालाई प्रोत्साहित गरिरहेको सोबको भनाइ थियो । ‘काम गर्ने महिलाको लागि हाम्रो पार्टीले स्थान दिएको छ, पार्टीको केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिलालाई स्थान दिने नया“ शक्ति पार्टी मात्र हो ।’ अब हुने स्थानीय निकायको चुनावमा पनि महिलाले ४० प्रतिशत सिट पाउने दाबी गर्दै गाउ“गाउ“मा चुनाव लड्ने तयारी गर्न कार्यक्रममा सहभागी महिलालाई उनको आग्रह थियो ।

महिला शक्ति नेपाल मकवानपुरको आयोजनामा भएको ‘उत्पादन तथा आर्थिक योजना’ विषयक प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय केन्द्रीय कार्यकारिणी समितिकी सदस्य लिली थापाले हरेक हिसाबले उत्पीडनमा परेका महिलाको हितमा नया“ शक्तिले  मात्र काम गर्ने दाबी गरिन् । ‘दलित, एकल महिला, उत्पीडित, पिछडिएका क्षेत्रलगायत सबै क्ष्ँेत्रको महिलाको अधिकारका लागि हामीले विशेष जोड गरेका छौ“,’ उनले भनिन्,–‘हामीले आफ्नो अधिकार स्थापित नगरेसम्म आआफ्नो क्षेत्रबाट लडिरहनुपर्छ ।’

केन्द्रीय परिषद् सदस्य लक्ष्मी शर्माले महिलाको कानूनी अधिकारबारे सचेतना गराएकी थिइन् । कार्यक्रममा नया“ शक्ति पार्टीकी केन्द्रीय सदस्य तथा मकवानपुर उत्प्रेरक सबिना अर्याल, जिल्ला सहसंयोजक विवेक वाइबा, महिला शक्ति नेपालकी केन्द्रीय सदस्य पुनम भट्टराई खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...