सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

दिनको एउटा अन्डा खानाले बालबालिकालाई अग्लो बन्न सघाउछ

egg-640x359-1497265603.jpg

इक्वेडरमा छ महिना लगाएर गरिएको एउटा अध्ययनले दैनिक एउटा अन्डा खाँदा त्यसले कुपोषणग्रस्त नवजात शिशुहरुलाई स्वस्थ उचाई हासिल गर्न सहयोग गर्नसक्ने देखाएको छ।

कम उसिनेको अर्थात 'सफ्ट वोइल्ड' वा बढी उसिनिएको 'हार्ड बोइल्ड' अथावा 'फ्राइ' गरिएको वा अमलेट बनाइएको अन्डाले कलिला बालबालिकालाई शक्ति दिने जस्तो देखिएको उक्त अध्ययनको निचोड छ।

'पेडिएट्रिक्स' नामक जर्नलमा प्रकाशित एउटा लेखमा अन्डा खानु होचोपन नियन्त्रणको सबैभन्दा सस्तो विधि हुनसक्ने उल्लेख गरिएको छ।

शिशुहरुको पहिलो दुई वर्ष उनीहरुको शारीरिक विकासका लागि संवेदनशील अवधि मानिन्छ र त्यसबेला होचोपनको समस्या देखिए त्यो दीर्घकालीन हुनसक्ने बताइन्छ।

कम उमेर

होचोपनसहित बालबालिकामा देखिने संक्रमण तथा अन्य रोगहरुको प्रमुख कारक कमजोर पोषण मानिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर पाँच वर्षमुनिका १५ करोड ५० लाख बालिबालिकाहरुमा होचोपनको समस्या रहेको छ।

त्यसमध्ये अधिकांश कमजोर आय तथा मध्यम आय भएका देशहरुमा बसोबास गर्छन् र स्वास्थ्य विज्ञहरुले यो समस्या कसरी समस्या समाधान गर्ने भन्नेबारे अध्ययनहरु गरिरहेका छन्।

लोरा इयान्नोटी र उनका सहकर्मीहरुले इक्वेडरको ग्रामीण पहाडी क्षेत्रमा स्थलगत अनुसन्धानको विधिमार्फत छ देखि नौ महिनाका शिशुहरुलाई नि:शुल्क अन्डा बाँडेर त्यो खाँदा उनीहरुमा केही सुधार देखिन्छ कि भनेर हेरेका थिए।

खानामा अन्डा

अनुसन्धानका लागि छनोट गरिएका १६० जना शिशुमध्ये केहीलाई छ महिनासम्म दैनिक एउटा अन्डा खान दिइएको थियो र उनीहरुको तुलना अन्डा नदिइएका अरु शिशुहरुसँग गरिएको थियो।

अनुसन्धानकर्ताहरुले त्यस्तो सेवा पाउने बालबालिकाका परिवारलाई प्रत्येक हप्ता भेटेर आफ्नो योजनाको पालना भइरहेको र अन्डाले स्वास्थ्यमा कुनै नकारात्मक असर गरे, नगरेको जानकारी लिएका थिए।

अध्ययन सकिँदासम्म अन्डा खाने शिशुहरुमा नखानेको तुलनामा ४७ प्रतिशतले होचोपनको समस्या कम देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन्।

अनुसन्धान शुरु गर्दाको बेला अन्डा खान छनौट गरिएका धेरै शिशुहरुमा उनीहरुको उमेर अनुसारको उपयुक्त उचाइ नरहेको पाइएको थियो।

प्रमुख अनुसन्धानकर्ता लोरा इयान्नोटी भन्छिन्, "अन्डा खान दिंदा त्यसले शिशुहरुमा पारेको प्रभावले हामीलाई आश्चर्यचकित बनाएको छ, भोकमरी र कुपोषणबाट पीडित जनसंख्याका लागि यो उपाय निकै उपयोगी र सजिलो हुनसक्छ।"

उनले सानो पेट भएका कम उमेरका बालबालिकाका लागि अन्डा एकदमै उपयुक्त आहारा भएको बताइन्।

"अन्डामा विभिन्न पोषण तत्वहरुको मिश्रण हुन्छ त्यही भएर यो निकै महत्वपूर्ण छ।"

रोयल कलेज अफ पेडिएट्रिक्स एण्ड चाइल्ड हेल्थकी पोषणसम्बन्धी प्रमुख प्राध्यापक मेरी फ्युट्रेल भन्छिन्, "यस विषयमा धेरै अध्ययन अनुसन्धान नहुनु आश्चर्यको विषय ह, तर केही संस्कृतिहरुमा कम उमेरका बालबालिकालाई अन्डा खुवाउनु गलत मानिन्छ र त्यसले बालबालिकामा एलर्जीजस्ता समस्या निम्त्याउनसक्ने ठानिन्छ।"

उनले शिशुहरु चार महिनाको भइसकेपछि मात्रै अन्डासहितका अन्य पोषणयुक्त खानेकुरा खुवाइनुपर्ने सल्लाह दिएकी छन्।

सम्भावित जोखिम रोक्न कलिला शिशुहरुलाई खुवाइने अण्डा राम्ररी पकाइएको हुनुपर्ने उनको तर्क छ।

पोषण

विश्व स्वास्थ्य संगठनले आफ्ना छोरा छोरीको बढी भन्दा बढी शारिरिक विकास तथा राम्रो स्वास्थ्य सुनिश्चित गर्न जन्मेको पहिलो ६ महिना आमाको दुध खुवाउनुपर्ने सुझाव दिने गरेको छ।

पहिलो छ महिनापछि नवजात शिशुहरुलाई अन्य पोषणयुक्त खानेकुरा खुवाउन सकिने र दुई वर्षसम्म वा त्यसपछि पनि स्तनपान गराइरहन सकिने उसको सुझाव छ।

ब्रिटेनको पोषण हेर्ने एउटा निकायले अन्डा पोषणयुक्त खानेकुरा भएपनि बालबालिकाहरुले विभिन्न प्रकृतिका पोषणयुक्त आहारा खान पाउनुपर्ने उल्लेख गरेको छ।

उसका अनुसार त्यसबाट उनीहरुले आवश्यक भिटामिन तथा खनिजहरु प्राप्त गर्नेमात्र नभई विभिन्न स्वादहरु थाहा पाउनेछन्।

केटाकेटीहरुले अत्याधिक प्रोटिन पाइने खानेकुराहरु जस्तै अन्डा, बोडी, दाल, माछा, मासु तथा अन्य दुग्ध पदार्थहरु खुवाउनपर्ने सुझाव उसको छ। हामीले यो खबर BBC नेपाली बाट साभार गरेका हौ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...