सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

उपभोक्तालाई चुसेर मोटाउँदै छ आयल निगम !

noc_board_building-1497753443.jpg

 सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले उपभोक्ताबाट महँगो मूल्य असुल गरेर नाफा कमाउँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गर्ने गरेको छैन । 

अहिले निगमलाई सबै पेट्रोलियम पदार्थमा नाफा छ, तर उपभोक्ता मूल्य घटेको छैन । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन निगमले उपभोक्तालाई व्यापक शोषण गरेर बोनस खानका लागि नाफा कमाएको बताउँछन् ।

“पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपनि सोहीअनुसार स्थानीय बजारमा मूल्य घटेको छैन,” उनले भने, “आम सर्वसाधारणलाई महँगो मूल्यमा इन्धन बेचेर निगमले संस्थागत ठगी गरिरहेको छ । व्यापारी पोसाउँदै जाने र उपभोक्तालाई ठग्ने प्रवृति गलत होे । नियमनकारी निकायको मिलेमतोमा इन्धनमा उपभोक्ता ठग्ने प्रवृति अन्त्य गर्नुपर्छ ।” 

निगमले आईओसीबाट इन्धनको मूल्य बढेर आउँदा सोहीअनुसार बढाउने तर घटेर आउँदा न्यूनमात्र घटाउने गरेको छ ।  निगमले उपभोक्ताबाट चर्काे मूल्य असुल गरी नाफा देखाएर पछिल्लो चार वर्षयता ६ प्रतिशतका दरले बोनस रकम जम्मा गर्दै आएको छ ।

बोनसका लागि २ अर्ब ३६ करोड रुपैयाँ जम्मा गरेको निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा गत पुसमा नै इन्धनको मूल्य प्रतिब्यारेल ५१ डलरबाट घटेर ३८ डलरमा झरेको भए पनि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगरी उपभोक्तालाई ठगिरहेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

निगमले इन्धनको मूल्य बढेर आए तत्काल बढाउने तर घटेर आउँदा लामो समय पछिमात्र घटाउने गर्दै आएको छ । आईओसीले शुक्रबार पठाएको नयाँ मूल्यअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा घटाएको छ ।

खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४० रुपैयाँ नाफा हुँदा पनि निगमले मूल्य घटाएको छैन । निगमलाई मूल्य समायोजन गरेपछि पेट्रोलमा ५ रुपैयाँ ६९ पैसा, डिजेलमा १ रुपैयाँ ४७ पैसा र मटीतेलमा १७ रुपैयाँ ४७ पैसा नाफा छ । आजको कारोबार दैनिकमा खबर छ ।

निगमका प्रवक्ता सीताराम पोखरेलले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य घटाइएको बताए । इन्धनको मूल्य घटेर आएकाले मूल्य समायोजन गर्दा पाक्षिक नाफा ३८ करोड रहेको उनले जानकारी दिए । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...