सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

आँखा पाक्ने रोग के हो ? कसरी बच्ने ? जानी राखौं

eye-1499446711.jpg

आँखाको दानाको सबभन्दा वाहिरी तह (Conjunctiva)  संक्रमण लाई आँखा पाक्ने रोग (Conjunctivitis) भनिन्छ । जब यो तहमा संक्रमण हुन्छ , यो सेतो वाट रातो हुन थाल्छ । सँगसँगै आँखाको डिल सुन्निने , आँशु धेरै वग्ने ,कचेरा आउने ,आँखा असजिलो हुने, घाममा हेर्न  गाह्रो हुने, विझाउने आदी लछण देखा पर्दछन ।

                                              लक्षणहरु 
    यो रोगले शुरुमा आँखाको वाहिरी नानी (cornea) मा असर नगरे पनि विस्तारै रोग वढ्दै गएपछि गर्न सक्छ । आँखाको वाहिरी नानी मा असर गरेपछि घाममा हेर्न गाह्रो हुन, आँखा विझाउन वढ्ने ंतथा दृष्टिमा समेत धमिलो पन आउन थाल्छ । यो रोग सवै उमेर समुहका मानीसलाई हुने संभावना उत्तिकै रहन्छ । प्रायजसो वच्चामा यो रोगमा आँखाको डिल भित्र एक किसीमको झिल्ली बन्दछ जसलाई समयमै निकाल्नु पर्दछ अन्यथा त्यो झिल्ली त्यही टासीएर पछिसम्म समस्या गर्न  सक्छ । 
यो रोग निको हुन सामान्यत २ देखी ३ हप्ता लाग्छ । कसैकसैलाई भने त्यो भन्दा वढी २ महिना सम्म पनि लाग्न सक्छ । त्यसैले यो रोग लाग्दा चाँडो निको भएन भनेर आत्तिनु पर्दैन ।

                                                     उपचार 

नियमीत रुपमा  जाँच गराएर औषधी प्रयोग गरे विना कुनै जटीलता आँखा ठीक हुन्छ । यो रोगको उपचार सामान्य एन्टिवायोटीक थोपा वाट गरीन्छ । तर कुनै पनि औषधी आँखामा हाल्नु भन्दा पहिले आँखा जाँच गराउनु अति नै आवश्यक छ । परिक्षण गराउन आउने विरामी मध्ये अधिकांशले पहिलेनै कुनै न कुनै औषधी जथाभावी रुपमा प्रयोग गर्ने गरेको पाईएको छ । जसको कारणले उपचारमा समस्या त हुन्छ  नै औषधीको नकरात्मक प्रभाव पनि आँखामा पर्न सक्छ । यसरी जथाभावी प्रयोग गरिने औषधी मध्ये स्टेरोईड(Steroid) समुहको औषधी पनि प्रयोग गर्ने गरेको पाईएको छ , जुन विना परीक्षण प्रयोग गर्नै नहुने औषधी हो । यो औषधी जथाभावी रुपमा प्रयोग गर्दा आँखामा जलविन्दु जस्तो नराम्रो रोग पनि लाग्न सक्छ । अझ कसैकसैले आँखामा परम्परागत राख्ने औषधी जस्तै रक्सीजन्य पदार्थ, वोटबिरुवाको रस, आमाको दुध, वाख्राको दुध, जडिवुटी, मानिसको पिसाव, लालगेडी, आदी पनि प्रयोग गर्ने गरेको पाईएको छ । यस्ता औषधीमा संक्रमण जन्य किटाणु हुनेहुदा आँखा ठिक नभइ झन विग्रने डर हुन्छ । त्यसैले यस्ता औषधी राख्नुहुदैन, राखेको थाहापाएमा  तुरुन्त सफा पानिले अाँखा धुनुपर्दछ र अाँँखा अस्पताल मा पठाउनुपर्दछ ।

                                                      कारण 
आँखा पाक्ने रोग मुख्य गरी भाईरस र व्याक्टेरिया जस्ता अति सुक्ष्म जिवाणु ले गर्दा हुन्छ । यसमा पनि हिजो आज भाईरस जन्य संक्रमण धेरै देखीन थालेको छ । यो रोग खास गरी मौषम परिवर्तन हुने वेलामा वढी देखीने भएता पनि आजकाल सालैभरी यो रोगको संक्रमण पाउन थालिएको छ ।यो रोग अती छिटो सर्ने सरुवा रोग हो । परिवारमा कसैलाई यसको संक्रमण भए पुरै परिवारमा सर्ने संभावना रहन्छ । यो रोग संक्रमीत विरामीमा रहेको जिवाणु कुनै न कुनै माध्यम वाट स्वस्थ्य आँखामा पुगे सर्न सक्छ ।  मुख्यगरी रोगीले प्रयोग गरेको रुमाल , तौली , सीरानी ,एउटै ओछ्यान स्वस्थ्य मानीसले प्रयोग गरेमा यो रोग सर्ने संभावना बढी हुन्छ । त्यसैगरी रोगी संग हात मीलाउदा तथा परिवारमा कसैलाई यसको संक्रमण भए मोवाईल फोन , रिमोट कन्ट्रोल आदी वाट पनि यो रोग सर्न सक्छ । रोगीको आँखामा हेर्दा पनि रोग सर्छ भन्ने भ्रम पनि कतै कतै पाईन्छ तर रोगीको आँखामै हेरेको कारणले यो रोग सर्दैन ।

                                                              जोगिने उपाए      

यो रोग बाट जोगीन माथी उल्लेखीत कुराहरु बाट टाढै रहनु पर्दछ । त्यसैगरी स्कुल जाने बच्चालई रोग लागे स्कुल पठाउनु हुदैन अन्यथा स्कुलमा अरुलाई पनि रोग सर्न सक्छ । रोगीलाई औषधी हाल्नु अगाडी र औषधी हाले पश्चात राम्रो संग साबुन पानीले हात धुनु पर्दछ ।  त्यसैगरी आँखा छुने , माड्ने गर्नु हुदैन । संक्रमीत विरामी भीडभाडमा नजानु उचीत हुन्छ तथा आँशु पुछ्दा रुमालको सट्टा कपास वा टिस्यु पेपर प्रयोग गर्नु राम्रो हुन्छ । 
                                    
 
तुलसी प्रसाद चुडाल  

सजिलो आँखा सेवा केन्द्र हेटौंडा 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...