Techie IT
Hetauda Khabar

हेटौंडामा ई-रिक्सा र स्कुटर ठक्करबाट प्रशान्तको मृत्यु


हेटौंडा,२९ माघ । हेटौंडामा ई-रिक्सा र स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ रानीमहल अगाडि पूर्व-पश्चिम राजमार्गमा भएको दुर्घटनामा स्कुटर चालक १९ वर्षीय प्रशान्त कुमार ठाकुरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा आज नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

दुर्घटना भएको बेला कर्रा पुलबाट फोरेस्ट्रीतर्फ आइरहेको ई-रिक्सा र विपरीत दिशाबाट आइरहेको स्कुटर आपसमा ठक्कर खाएका थिए।

हेटौंडाको कर्रा पुलबाट फरेष्टी तर्फ आईरहेको जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ बस्ने बर्ष ३२ को सतेन्द्र बैठा धोबीले चलाएको ना १ ह ३१२७ नं. को ई-रिक्सा दाहिने तर्फ मोडने क्रममा पछाडिबाट आउदै गरेको बागमती प्रदेश ०३-००५ प ६२०५ नं.को स्कुटर ई-रिक्साको पछाडी ठक्कर खाई दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट