Techie IT
Hetauda Khabar

आधारभूत आवश्यकता नै मेरो पहिलो प्राथमिकता हो- आनन्दराम पराजुली


लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) का उम्मेदवार आनन्दराम पराजुलीले मतदाताको आधारभूत आवश्यकता आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनले हेटौंडा–१२ घिसिङ टोल र १३ को बनस्पतीमा शुक्रबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै पराजुलीले मतदाताको आवश्यकता आफ्नो प्राथमिकता भएको बताएका हुन् । उनले मतको अपमान गर्नेलाई पाखा लागउनु पर्ने समय आएको बताए । ’चुनाव जितेर जाने, जनतालाई अप्ठेरो पर्दा कानमा तेल हालेर बस्नेलाई फेरी पनि मत दिनु भनेको मत खेर फाल्नु हो’–पराजुलीले भने ।

उनले कोभिडको महामारी र प्रकोपको समयमा हेटौंडाको मतदाता माझ पुगेको स्मरण गर्दै आफु सधै जनताको दुःख र सुखमा साथै रहेको बताए । पराजुलीले सभामा निर्वाचन हारेपनि जितेपनि निरन्तर जनतामाझ रहने उदघोष गर्दै संविधानको रक्षा र राजतन्त्र फालेर ल्याएको लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारलाई अमुल्य मत दिएर जिताउन अपील गरे ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आनन्दराम पराजुली, #आमनिर्वाचन, #चुनाव, #निर्वाचन, #मकवानपुर, #हेटौंडा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट