Techie IT
Hetauda Khabar

एमाले मकवानपुरले गर्यो मनोनयन दर्ता


नेकपा एमाले मकवानपुरले आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।

हेटौंडा २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज दिउसो एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका महेश बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् । पीपी गोले प्रस्तावक र सानु थापाको समर्थनमा उनले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्तर्गत प्रदेश ‘क’ मा कमल विष्ट, ‘ख’ मा एकालाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नंबर २ को ‘क’ मा विष्णु ढकाल र ‘ख’मा लालबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभा तर्फ क्षेत्र १ मा भने राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट