अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन खेल सकिँदा भारत बलियो अवस्थामा छ । शुक्रबार तेस्रो दिनको खेल सकिदा भारतले ३ सय ४६ रनको अग्रता लिएको छ । यद्यपी दोस्रो इनिङ्मा भारत खराव अवस्थामा पुगेको छ ।
तेस्रो दिन २७ ओभरमा ५४ रन जोड्न भारतले आफ्ना प्रमुख ५ ब्याट्सम्यान गुमाएको छ । क्रिजमा मयांक अग्रवाल २८ र ऋषव पन्त ६ रनमा छन् । हनुमा विहारी १३, अजिंक्या रहाणे १, रोहित शर्मा ५ रनमा आउट हुँदा कप्तान विराट कोहली र चेतेश्वर पुजारा डक आउट भए ।
अष्ट्रेलियालाई खेलमा फर्काउन प्याट कमिन्सले १५ ओभरको दोस्रो बलमा चेतेश्वर पुजारा र अन्तिम बलमा कप्तान विराट कोहलीलाई मार्कस हृयारिसको क्याच गराउदै खाता सम्म खोल्न दिएनन् । अष्ट्रेलियाका लागि प्याट कमिन्सले ४ र जोश हेजलवुडले एक विकेट लिए । कमिन्सले ६ ओभरमा २ मेडन सहित मात्र १० रन खर्चे ।
तेस्रो दिन ८ रन बाट खेल्न सुरु गरेको अष्ट्रेलिया ६६.५ ओभरमा अल आउट हुदैँ १ सय ५१ रनमा समेटिदा पहिलो इनिङसमा २ सय ९२ रनले पछि परेको थियो । अष्ट्रेलियाका लागि ओपनर मार्कस ह्यारिस र कप्तान टिम पेनले समान २२ रन बनाउँदा उस्मान खवाजा २१,शन मार्श १९, ट्रविस हेड २० र प्याट कमिन्सले १७ रन जोड्न सके ।
अन्य बाट्सम्यानको ब्याटबाट सम्झन योग्य रन निस्कन सकेन । अष्ट्रेलियालाई सस्तैमा रोक्न भारतका तीब्र गतिका बलर जसप्रित बुमराहले घातक बलिङ गरे । बुमराहले १५.५ ओभरमा ४ मेडन सहित ३३ रन खर्चेर ६ विकेट लिए । रविन्द्र जडेजा २, मोहम्मद शामी र इसान्त शर्माको नाममा पनि समान एक विकेट रह्यो।
त्यस अघि भारतले विहीबार १६९.४ ओभरमा ७ विकेटको क्षतिमा ४ सय ४३ रनमा इनिङ्स समाप्तीको घोषणा गरेको थियो । भारतका लागि चेतेश्वर पुजाराले शतक, मंयाक अग्रवाल,विराट कोहली र रोहित शर्माले अर्ध शतकको योगदान दिएका थिए ।करियरको १७ औँ शतक पुरा गरेका पुजाराले ३ सय १९ बलमा १० चौका प्रहार गर्दै १०६ रन बटुले ।
पुजारालाई १२५.४ ओभरमा प्याट कमिन्सले बोल्ड गरेका थिए । विराट कोहलीले २०४ बलमा ९ चौका प्रहार गर्दै ८२ रन बनाए । रोहित शर्मा ६३ रनमा नट रहँदा ऋषव पन्त ३९,अजिंक्या रहाणे ३४ र रविन्द्र जडेजा ४ रनमा आउट हुन पुगे ।