Techie IT
Hetauda Khabar

शेयर बजारमा २१ अङ्कको वृद्धि, कारोबार रकम ९३ करोडमा सीमित


निरन्तर चार दिनको गिरावटपछि शेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ ।बजार परिसूचक नेप्से सोमबार २१ दशमलव ३० अंक बढेर १८४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।

सोमबार नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । सोमबार २८३ वटा कम्पनीको ३५ लाख ५५ हजार कित्ता शेयर ९३ करोड ८९ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

हाथवे इन्भेष्टमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य पनि ९ दशमलव ९३ प्रतिशतले बढेको छ । सोमबार लक्ष्मी लघुवित्तको शेयर मूल्य सर्वाधिक ४ दशमलव २८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोमबार सोल्टी होटलको सवैभन्दा बढी ६ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसमूहमा सोमबार हरियाली छाउँदा होटल तथा पर्यटन उपसमूह सर्वाधिक ३ दशमलव ७३ प्रतिशतले बढ्यो ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट