Techie IT
Hetauda Khabar

हेटौंडामा भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा


बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

उनले आज ग्रेटर नेपालको नक्सा राखेको उनको सचिवालयले जनाएको छ ।

केहिदिन अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको थियो । हालैमात्र भारतमा नयाँ सांसद भवनमा नेपालको समेत भूभागलाई समेटेर ‘अखण्ड भारत’को नक्सा राखिएको विषय सार्वजनिक भएको थियो । यसैबीच मेयर शाहको कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा राखिएको थियो ।

बालेनले ग्रेटर नेपालको नक्सा राखेपछी देशका विभिन्न गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतले ग्रेटर नेपालको नक्सा राखेका छन् ।

यसैविच हेटौंडामा रहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्रीको कार्यकक्षपनि ग्रेटर नेपालको नक्सा राखिएको छ । नेपालको इतिहाँस र भौगोलिक अवस्थाको सम्झना स्वरूप मन्त्रीको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको मन्त्री दुलालको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट